SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/८ गते
    ३६० &#२३४६;&#२३३५;&#२३२५;

    सुर्खेत । युट्युबेहरुले ज्ञानेन्द्र शाही नामले पुकार्ने ३१ वर्षे युवाको खास नाम ज्ञानबहादुर शाही हो भनी थाहा पाउन दर्शकहरुले आम चुनाव कुर्नुपर्‍यो । केही साताअघिसम्म तथानाम बोलेर चर्चामा आइराख्ने शाहीले अब शब्द-शब्दमा ‘माननीय’ को लाज राख्नुपर्ने छ । लामो समयदेखि राज्यसंस्थापनसँग जुम्ली जनताको जनआक्रोशलाई शाहीले पहिले अनेक थरि राजनीतिक ब्यानरमा, अहिले राप्रपाको ब्यानरमा उठाइराखे । तिनै जनताको आक्रोशलाई मतमा अनुवाद गरेर उनी जुम्लाबाट नयाँ बानेश्वरको संसद भवन छिर्दैछन् । त्रकारहरूलाई ‘दलाल र कुकुर’ जस्ता अपशब्द बोल्दै १८ बैसाख २०७६ मा सुर्खेतको वीरेन्द्रनगरमा पहिलोपटक फेसबुक लाइभमा देखिएका थिए, यिनै ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही ।

    पत्रकारहरुलाई अपशब्द बोलेको अभियोगमा ०७६ जेठ दोस्रो साता सुर्खेतको एक कार्यक्रम स्थलबाट प्रहरीले उनलाई पक्राउ गर्‍यो । उनले आफूलाई हिरासतमा निर्मम यातना दिइएको आरोप प्रहरीमाथि लगाउँदै त्यसैलाई राष्ट्रिय फन्डा बनाए । र, एकाएक आफू भ्रष्टचार विरोधी अभियान्ता भएकोले राज्यले आफूमाथि दमन गरेको बताउन थाले । नेताहरुलाई मुख छोडेर गालीगलौज गरेकै कारण सामाजिक सञ्जालमा चर्चामा आइरहने तीनै ज्ञानबहादुर बोलेर मात्र चर्चामा आउँदैनथे, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरह्यो ।

    भ्रस्टाचार विरोधी अभियानकर्मीको रूपमा उदाएका तीनै ज्ञानबहादुर ०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका थिए । विभिन्न फन्डा गरेर राष्ट्रिय स्तरमा तरंग ल्याउने ज्ञानबहादुरले आफ्नो पहिलो संसदीय चुनावलाई पनि उत्तिकै रोमान्चक बनाएका छन् । जुम्लाबाट प्रतिनिधिसभामा गठबन्धनकी उम्मेद्वार नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतअन्तरले पछि पादै निर्वाचित भएका छन् । ज्ञानबहादुरले २२ हजार ८१९ मत ल्याएर निर्वाचित हुँदा गोमाले ११ हजार ९५९ मत पाइन् । नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत ल्याएका छन् ।

    जितपछि ज्ञानबहादुरले आफूलाई जुम्ली जनताले माया गरेको बताउँदै अब आफूले राष्ट्रको नेतृत्व गर्ने दावी गरेका छन् । सांसदमा निर्वाचित भएसँगै उनको परिचय सम्पूर्ण रूपमा बदलिनेछ । हिजो सडकमा भ्रष्ट्राचार विरुद्धका नारा लगाउने ज्ञानबहादुर अब संसदको रोष्टमबाट सरकारलाई सुनाउनेछन् । गत साउन २३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ताको हैसियतमा ज्ञानबहादुरले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरे ।

    काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर उमेद्वारी घोषणा गरेका उनलाई धेरैले सामाजिक सञ्जालमा मजाक उडाए । माओवादीले आधार इलाका भन्ने गरेको जुम्लामा राजाबादी ज्ञानेन्द्रले चुनाव जित्लान् त ? सबैको मनमा यही प्रश्न थियो ।

    हुन पनि जुम्लामा २०४८ यता (०७० बाहेक) हरेक चुनाव कम्युनिष्टहरुले नै जित्दै आएका छन् । ०७० मा भने नेपाली काँग्रेसले जितेको थियोे । बहुदल पुनस्र्थापना पछि जुम्लामा कुनै राजाबादीले चुनाव जितेको इतिहास छैन । ज्ञानबहादुरका लागी जुम्ला चुनाव जित्न चुनौती मात्रै हैन कठिन भएको भन्दै उनका समर्थकहरूले काठमाडौं २ वा चितवन ३ बाट लड्न सुझाएका थिए । सिंजा गाउँपालिका–३ निवासी ज्ञानबहादुरको गृह जिल्ला समेत रहेको जुम्लामा राप्रपा निकै कमजोर छ । गत स्थानीय तहको निर्वाचनमा राप्रपाले करिब ४५० मतमात्रै पाएको थियो । उनको वडामा राप्रपाले १६ मत ल्याएको थियो ।

    यस्तो कमजोर स्थानमा पनि किन चुनाव लड्न लागेको ? भन्ने अनलाइनखबरको प्रश्नमा त्यो बेला ज्ञानबहादुरले भनेका थिए, ‘जुम्ला मेरो जनमभूमि हो । त्यसको ऋण तिर्नु छ । जुम्लाका सुख-दुः खसँग जीवन साट्नुछ । जुम्ली जनताले हराए पनि जिताए पनि स्वीकार्य छ ।’ ज्ञानबहादुरले चुनाव जित्लान भन्ने विश्वास त काँग्रेस, माओवादी, एमाले लगाएतका दलहरुलाई पनि लागेको थिएन् । ठुला दल र तिनका नेताहरुले पनि उनलाई हल्का रुपमा लिए ।

    चुनाव लड्ने घोषणा गरेसँगै जुम्ला गएका ज्ञानबहादुर तीन महिना अगाडीदेखि नै प्रत्येक जुम्लीको घरदैलोमा पुगे । भ्रष्ट्राचार विरुद्धका चर्का नारा लगाए । अहिलेसम्म चुनाव जितेकाहरुले केही गर्न नसकेको भन्दै आफूलाई उनीहरुको विकल्पको रुपमा उभ्याए ।

    सधै परिवर्तत चाहने जुम्ली जनतालाई आषा देखाएको र नयाँ अनुहार भएकाले पनि उनले चुनाव जितेको ज्ञानबहादुर र उनको अभियानलाई नियाली रहेका यूवा मदन तिवारी बताउँछन् ।

    उनी भन्छन्, ‘पहिलो कुरा ‘ज्ञानेन्द्र’ नामको ब्राण्डले काम गर्‍यो, दोस्रो ज्ञानेन्द्रले जनतासँग ठुला कुरा गरेनन्, नागरिकको दैनिकीसँग जोडिएका सवाल उठाए र जुम्ली जनतालाई भरोसा दिलाए । तेस्रो ठूला पार्टीले सही नेतालाई टिकट दिएनन् ।’

    विचारधाराको हिसावले हेर्दा पनि ज्ञानेन्द्रले राजतन्त्र र राप्रपाको मुद्दालाई कहीँकतै नउठाएको तिवारी बाउँछन् । ‘जनताको आक्रोशलाई ज्ञानेन्द्रले सम्बोधन गरे, जस्ले गर्दा ज्ञानेन्द्रलाई नै जनाताले अनुमोन गरेको देखिन्छ,’ तिवारीले अनलाइनखबरसँग कुरा गर्दै भने ।

    सत्ताप्रतिको जनआक्रोश

    जुम्ली जनतामा देखिएको सत्ता प्रतिको आक्रोशको लाभ ज्ञानबहादुरले उठाएको बताउँछन्, जुम्लाको राजनीति र इतिहासका जानकार पत्रकार महेश नेपाली ।

    उनका अनुसार १८४६ मा गोर्खालीले सिंजामा आक्रमण गर्दा जुम्लाले त्यस्को प्रतिरोध आन्दोलन गर्‍यो । तेस्रो आक्रमण पछि सिंजा कब्जा गरेका गोर्खाली शासकले त्यसयता जुम्लालाई सधै दबाएर नै राखे ।

    ‘१८४६ देखि २००७ साल सम्मा जुम्लाको कुनैपनि राजनीतिक, धार्मिक र एकेडेमिक दस्तावेजहरु भेटिदैन्, यस्को मतलव राज्यले जुम्लाको लागि केही पनि नगरेको बुझिन्छ,’ नेपालीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘त्यसयता पनि जुम्ला सधै राज्यको चेपुवामा पर्‍यो । नेताहरुले ठुलठुला सपना देखाए तर पुरागरेनन्, सत्ता प्रतिको आक्रोश जुम्ली जनताले हरेक चुनावमा पोख्छन् ।’

    जुम्लामा ०८४ यताको संसदीय चुनावमा एउटै व्यक्तिले दोहोरिएर जितेको इतिहास छैन् । ०४८ मा नेकमिपाबाट डिल्लीबहादुर महत, ०५१ मा नेमकिपाकै भक्तबहादुर रोकाया, ०५६ मा एमालेका देवीलाल थापा, २०६४ मा माओवादीका नरेश भण्डारी, २०७० मा कांग्रेसका ललितजंग शाही र ०७४ मा माओवादीकै गजेन्द्रबहादुर महत यो क्षेत्रबाट निर्वाचित भएका थिए ।

    यो पटकको चुनाव पनि ज्ञानबहादुरले राप्रपाको एजेण्डाले नभई जनताको जिवनस्तरसँग जोडिएका सवाल उठाएर जितेको नेपाली बताउँछन् । संसदीय अभ्यासबाटै शक्तिमा आउन सकिने बुझाइमा पुगेका ज्ञानबहादुरले उत्पादन र भ्रष्टाचार विरुद्धका मुद्दा लिएर चुनावी प्रचार गरे ।

    अन्य दलहरुले परम्परागत तरिकामा मत मागिरहँदा उनले भने युवा पुस्ता लक्षित प्रचार गरे । उनको जोड सामाजिक सञ्जाल र विदेशमा रहेका युवा थिए । अरुले केवुलकार र भौतिक पूर्वाधारका कुरा गरिरहँदा ज्ञानबहादुरले भने भ्रष्टाचार समाप्त पार्ने, सुशासन स्थापना गर्ने जस्ता नारा लगाए । राप्रपाको प्रवक्ता समेत रहेका उनी आफनो पार्टी सरकारमा गए मन्त्री बन्ने र जुम्लाको विकासमा लाग्ने आश्वासन दिए ।

    को हुन, ज्ञानबहादुर ?

    २०४८ माघ २४ गते जुम्लाको सिंजामा जन्मिएका शाही ३१ वर्षका भए । आफूलाई सिए (चार्टर्ड एकाउन्टेन्ट) बताउने उनी बैसाख २०७६ मा सुर्खेतका पत्रकारलाई अपशब्द बोलेर एकएक चर्चामा आएका थिए ।

    सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका शाहीका हजारौं फ्यान छन् । उनी बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ ।

    २०७६ भदौमा नेपालगञ्जबाट काठमाडौं आउने क्रममा विमानभित्रै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई गालीगलौज गरेपछि उनी थप विवादमा आए । हवाईजहाजलाई कुराएर निर्धारित समयमा उड्न नदिएको भन्दै शाहीको समूहले भट्टराईलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरियो । भट्टराईले समयमा हवाईजहाज उड्न नसकेकोमा क्षमा मागेका थिए ।

    उक्त घटनालाई लिएर ललितपुरमा पत्रकार सम्मेलन गर्दा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो । २०७६ असोजमा चितवनको चौबीसकोठीमा पनि उनीमाथि आक्रमण भएको थियो । आफनो लोकप्रियताबाट डराएर सत्ता पक्षका व्यक्तिहरुले नै आफूमाथि पटक-पटक आक्रमण गर्ने गरेको बताउँदै आएका थिए ।

    २०७६ असोजमा उनीमाथि चितवनको चौबीसकोठीको एक कार्यक्रममा कुटपिट भएको थियो । भ्रष्टाचारविरोधी कार्यक्रम गर्दा तत्कालीन नेकपाका युवाहरुले शाहीलाई कुटपिट गरेका थिए ।

    शाही आबद्ध भएको एक समूह ‘नेपालको लागि नेपाली अभियान’ले २०७६ मंसिर ११ मा उनलाई निष्कासन गर्‍यो । त्यसपछि उनले ‘हाम्रो नेपाल, हामी नेपाली’ नामबाट अभियानको संयोजक भएर विभिन्न गतिविधि गरे ।

    गत फागुनमा उनले आफूले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समाहित गरे । हाल उनी राप्रपाको पाँच मध्यका एक प्रवक्ता हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    सन्तान सुखका कुरा र कार्साङ सिनेमा

    प्लट नं. १ म सानी छँदा बाख्रा चराउन जान्थें– महेन्द्रनगरको लठ्ठाघारीमा (अहिले कृष्ण मन्दिर र...

    वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग

    काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि...

    ‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं