
१शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
२चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
३मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
४संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
५जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
६अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
७महाशिला गाउँपालिकाको स्थापना दिवस मनाइयो, उत्कृष्ट कर्मचारी र कृषक सम्मानित
८पैयूँ गाउँपालिकाको पहिलो चिल्ड्रेन पार्क : बालबालिकाको खुसी र भविष्यकाको पाइला
९मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
१०खुर्कोटमा मन्दिर–सडक जग्गा विवाद टुंगियो, सहमतिमै सडक निर्माण अघि बढ्यो
११५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
१२शिक्षक नेतालाई काजमा खटाउन रोक, पढाउनै पर्ने
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
६पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
९सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
काठमाडौंको भुरुङखेलमा जन्मिएकी मानुषी यमी भट्टराईको बाल्यकालीन परिवेश आम बालबालिकाको भन्दा फरक रहृयो । आमाबावु जनविद्रोहमा हिंडेकाले उनको बाल्यकाल कहिले हजुरआमा त कहिले ठूलीआमाहरूसँग बित्यो । विद्रोही नेकपा (माओवादी) नेताद्वय डा. बाबुराम भट्टराई र हिसिला यमीको छोरी भएकीले उनको नाम बदलेर ‘अस्मिता सिंह’ राखिएको थियो । २०४९ सालमा हिसिला यमीले अध्ययनका लागि छात्रवृत्ति पाएपछि छोरीलाई पनि बेलायत लगिन् । २०५१ मा अध्ययन सकिएपछि छोरी काठमाडौं र आमा पार्टीमा फर्किए । त्यसपछि फेरि सुरु भयो, मानुषीको उतारचढावपूर्ण पारिवारिक र शैक्षिक दैनिकी । त्यसले उनलाई धैर्य र संघर्ष गर्न सिकायो । आफन्तमध्ये कहिले कसकोमा त कहिले कसकोमा बसेर कक्षा ५ सिध्याएकी मानुषीलाई सुरक्षा खतरा बढेपछि २०५५ सालमा पहिले नैनीताल र त्यसपछि पश्चिम बंगालको बेदुङ पुर्याइयो । त्यसपछि कहिले कहाँ त कहिले कता गर्दै भारतमै स्नातक सकेर मानुषी २०६४ सालमा नेपाल फर्किइन् । पढाइमा अब्बल उनले त्रिविबाट राजनीतिशास्त्रमा गोल्डमेडसहित स्नातकोत्तर गरिन् । राजनीतिमा मानुषीको ‘इन्ट्री’ स्ववियु निर्वाचनबाट भयो । २०६५ को स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा हालसम्मकै धेरै मतसहित सचिवमा विजयी हुने उनी पहिलो छात्रा हुन् । डा. भट्टराई प्रधानमन्त्री भएको बेला कीर्तिपुरमा साथीहरूसँग चिउरा-दालमोठ चपाउँँदै विद्यार्थी राजनीति गर्ने छोरी मानुषीको निकै चर्चा हुन्थ्यो । तिनै मानुषी अहिले काठमाडौं-७ बाट प्रतिनिधिसभा सदस्यमा उठेकी छन् ।
सामाजिक सञ्जालमा समर्थकहरूको नारा छ- ‘युवा खोज्यौ, युवा ल्यायौं । योग्य खोज्यौ- गोल्ड मेडलिस्ट ल्यायौं । महिला भन्यौ- महिला ल्यायौं ।’ उनको चुनावी अभियानको नेतृत्व गरिरहेका युवक रूपनारायण श्रेष्ठ भन्छन्, ‘व्यवस्था बदल्ने योग्यता भएकाहरू अवस्था बदल्ने युगका लागि अयोग्य हुन सक्छन् । तर, मानुषी यस्ती पात्र हुन् जोसँग योग्यता, अनुभव र सोचसँगै उमेर पनि छ ।’ विद्यावारिधिकी विद्यार्थी, अध्यापक र एक सन्तानकी आमा मानुषीको विश्लेषणमा लोकतन्त्र र विधिको शासन ठीक ढंगले कार्यान्वयन नहुँदा नेपालमा गडबड भएको छ । अर्थतन्त्रको तीव्र वृद्धि र न्यायोचित वितरणका साथै विकास र समृद्धिको प्रक्रियालाई फराकिलो बनाएर आम नेपालीलाई प्रत्यक्ष लाभ दिलाउनु आफ्नो उद्देश्य रहेको उनले बताउँदै आएकी छन् ।
उपयुक्त भौतिक पूर्वाधार, खानेपानी, सर्वसुलभ सार्वजनिक शिक्षा र स्वास्थ्यको लागि चाहिने कानुन निर्माणलाई उनले आफ्नो प्राथमिक एजेन्डा भनेकी छन् ।०४६ र २०६२/६३ सालको जनआन्दोलनपछि पनि कम उमेरका धेरै उम्मेदवार प्रत्यक्ष निर्वाचन र समानुपातिकबाट सांसद भए । २४-२५ वर्षमै सांसद बनेका उदाहरण प्रशस्तै छन् । ३६ वर्षीया मानुषीको उम्मेदवारीलाई भने उनको बावुआमाको नामसँग पनि जोड्ने गरिएको छ । पारिवारिक विरासत उनको लागि अनुकूलता र प्रतिकूलता दुवै बनेको छ । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेकी मानुषी अहिले चुनावी तालमेलका कारण नेकपा -माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार हुन् । दुवै पार्टीले एउटै चुनाव चिहृन हँसिया हथौडा प्रयोग गरिरहेका छन् । मानुषी सत्तारुढ गठबन्धनको पनि साझा उम्मेदवार हुन् ।
चुनावी अंकगणित
मानुषीले पाएको काठमाडौं-७ मा नेकपा -एमाले)का श्यामकुमार घिमिरे र जनता समाजवादी पार्टी (जसपा)का राजेन्ऽप्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन् । एमालेका विद्रोही रामवीर मानन्धरसहित स्वतन्त्र उम्मेदवारहरू पनि छन् । गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ । त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्दले ५७६ र जसपाले १६२ मत पाएको छ । स्वतन्त्र उम्मेदवारहरूले पाएको भोट संख्या २ हजार २०६ छ ।
स्थानीय चुनावको यो अंकगणित गठबन्धनकी उम्मेदवार मानुषीका लागि बढी अनुकूल छ । गठबन्धन दलहरूको भोट एकत्रित गर्न सक्दा उनी विजयी हुनसक्ने देखिन्छ । रामवीर मानन्धरले काट्ने एमालेको भोटले मानुषीलाई केही फलिफाप गर्न सक्छ युवा उम्मेदवार हुनु पनि मानुषीको अनुकूलता हो, तर चुनावी चलखेलका एक से एक अनुभवी प्रतिस्पर्धीहरूको छेकबार छिचोल्नु र रूखमा ठप्पा लगाउने बानी परेका कांग्रेस समर्थकहरूको स्वस्तिकलाई हँसिया हथौडामा पार्नुपर्ने चुनौती पनि कमको छैन ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
५मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा

प्रतिक्रिया