SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/२१ गते
    २०५ &#२३४६;&#२३३५;&#२३२५;

    भनिन्छ, स्वास्थ्य नै धन हो । त्यसकारण आफूलाई स्वस्थ राख्नु जीवनको सबैभन्दा महत्वपूर्ण कुरा हो । राम्रो स्वास्थ्यका लागि धेरै त्यस्तो केही गर्नुपर्दैन । सजिलै साना-साना कुराहरुलाई व्यवस्थापन गरेर पनि हामी सजिलै स्वस्थ रहन सक्छौं ।

    स्वस्थ रहन केही राम्रा बानी अपनाउनु धेरै महत्वपूर्ण हुन्छ । कतिपय कुरामा हामी लापरवाही भएर आफूलाई बिरामी बनाउँछौं । यसले सानो कुराले ठूलो समस्या निम्त्याउन सक्छ ।

    कहिलेकाहीं स–साना रोग ठूला रोगको कारण बन्न सक्छन् भन्ने कुरामा गम्भीर बनौं । तसर्थ आफ्नो स्वास्थ्यसँग खेलबाड गर्नुको सट्टा यी १० राम्रा बानी आफ्नो दैनिक जीवनमा अपनाएर आफूलाई स्वस्थ राख्ने कोसिस गर्न सकिन्छ ।

    बाहिरबाट घर आएपछि खाना पकाउनुअघि र खाना खाइसकेपछि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । अझ विशेष ध्यान दिनुपर्ने घरमा साना नानीबाबुहरु छन् भने यो विषयलाई अझ गम्भीर भएर पालना गर्नुपर्छ । बच्चालाई लिनुअघि हात राम्ररी धोएर वा सेनिटाइजरको प्रयोग गर्नुपर्छ ।

    घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । विशेषगरी भान्साघर तथा शौचालयमा पानी जम्मा हुन नदिने र भाँडा माझ्ने बेसिन, भान्छाको भुईं फिनेल र क्लिनर प्रयोग गरेर नियमित रूपमा सफा गर्नुपर्छ ।

    ताजा तरकारी र फलफूल सेवन गर्नुका साथै मसला, खाद्यान्न तथा अन्य सामग्री राम्ररी भण्डारण गर्नुपर्छ । दैनिक प्रयोग गर्ने सामानको म्याद सकिएको छ कि छैन भन्नेमा विशेष ध्यान दिनुपर्छ । यसबाहेक कुनै पनि खानेकुरा खुला नराख्ने, काँचो र पकाएको खाना अलग–अलग राख्ने, खाना पकाउन र खानका लागि प्रयोग हुने भाँडाकुँडा, फ्रिज, चुल्हो दिनदिनै धुनुपर्छ । भिजेका भाँडाहरू सिधै र्‍याकमा नराखी नरम कपडाले पुछेर वा घाममा सुकाएर मात्र राख्ने गर्नुपर्छ ।

    धेरै तेल, मसला, पकाएको र भारी खानेकुराको सेवन नगर्ने र सही तापक्रममा खाना पकाउने गर्नुपर्छ । किनभने तरकारी धेरै पकाएमा त्यसको पौष्टिक तत्वहरूलाई नष्ट हुने सम्भावना हुन्छ । सकेसम्म सधैं ताजा खानेकुरा खानुपर्छ । साथै, ओभन प्रयोग गर्दा तापक्रममा विशेष ध्यान दिनुपर्छ ।

    आफ्नो दैनिक आहारमा सलाद, दही, दूध, हरियो सागसब्जी, दाल आदि अनिवार्य प्रयोग गर्ने, खानामा विविधता समावेश गर्न प्रयास गर्ने, खाना पकाउँदा वा पिउँदा सफा पानी प्रयोग गर्ने र तरकारी तथा फलफूल राम्ररी धोएर खाने गर्नुपर्छ ।

    पकाउनका लागि असंतृप्त वनस्पति तेल जस्तै भटमास, सूर्यमुखी, मकै वा जैतुनको तेलको प्रयोगलाई प्राथमिकता दिनुहोस् । खानामा चिनी र नुन दुवैको मात्रा कम गर्नुहोस् । जंकफुड, सफ्ट ड्रिंक्स र कृत्रिम चिनीले बनेको जुस सेवन गर्नुहुँदैन । रातिको खाना आठ बजेसम्म खाने प्रयास गर्नुहोस् । राति हल्का मात्रै खाना खानुहोस् । सुत्नुअघि १५ देखि २० मिनेट हिंड्न नबिर्सनुहोस् ।

    आफ्नो आराम गर्ने वा सुत्ने कोठा सफा, हावायुक्त र फराकिलो राख्नुपर्छ । नियमित रुपमा ओछ्यान, तकिया र पर्दा परिवर्तन गर्नुपर्छ । सकेसम्म डस्ना सिरक हप्ता वा महिनाको एकचोटि घाममा सुकाउने वा टक्टकाउने गर्नुपर्छ ।

    एकाग्रता बढाउन र तनावबाट टाढा रहन ध्यान, योग वा ध्यानको प्रयोग आवश्यक छ । त्यसैले बिहान आफ्नो लागि समय निकाल्ने, चाँडै उठ्ने, नियमित व्यायाम वा योग गर्ने बानी बसाल्नुपर्छ ।

    हरेक दिन कम्तीमा आधा घण्टा व्यायाम गर्ने र दैनिक व्यायाम गर्ने तरिका परिवर्तन गरिरहनुपर्छ । जस्तै- कहिले एरोबिक्स गर्ने र कहिले छिटो हिंड्ने गर्नुपर्छ । समय पाउन सक्नुहुन्न भने तपाईंको कार्यालय वा घरको सिंढी चढ्ने गर्ने र छिटो हिंड्ने र अफिसमा पनि लामो समय एउटै पोजिसनमा नबस्ने समय-समयमा हिंडडुल गर्ने गर्नुपर्छ ।

    ४५ वर्ष पुगेपछि नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । चिकित्सकले कुनै औषधि दिएको अवस्थामा त्यसलाई नियमित सेवन गर्नुपर्छ । आफ्नो लागि समय निकाल्ने, बच्चाहरूसँग खेल्ने, परिवारसँग मनोरञ्जनका लागि समय निकाल्नुपर्छ । रिसलाई आफूमाथि हाबी हुन नदिने गर्न सकिन्छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं