SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/८/१७ गते
    ७३२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नवराज विक हत्या प्रकरणमा आजदेखि सुनुवाइ सुरु भएको छ । २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आजदेखि रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए । उनकी प्रेमिका मल्ल थरकी थिईन् ।

    नवराज र ती मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध भएपनि जात नमिल्ने भएकाले विवाह हुन नदिने आफन्तको तयारी थियो । अर्कोतर्फ नवराज विक लगायत आउँदै गरेको कुरा युवतीको घरमा थाहा थियो । युवतीका आफन्तले सोही वडाका तत्कालीन वडाअध्यक्ष डम्बरबहादु मल्लसँग सल्लाह लिएर जसरी भएपनि विवाह हुन नदिने योजना बनाए ।

    सोही योजना अनुसार उनीहरुले नवराज विक, उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको निर्ममतापुर्वक हत्या गरे । गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।

    उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं