SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/२३ गते
    १५२२ &#२३४६;&#२३३५;&#२३२५;

    धुर्व केसी | Dhurba Kc

    जस्तो बीउ छरिन्छ , आखिर उम्रने बोट त्यस्तै हो! । राजनैतिक बृत्त मा नेता अनुसार समाज हुने नभई समाज अनुसार नेता हुन्छन् । जसको तात्पर्य हाम्रो सास्कृतिक आचरण नै राजनीति को उपज हो। हामीले विभिन्न शासकीय स्वरुप लाई नजिक बाट नियाल्यौ। बहुदलीय प्रजातन्त्र हुँदै संघीय गणतान्त्रिक ब्यबस्था सम्म आइपुग्यौ। यहाँ सम्म आइपुग्दा केही शासकीय शब्दले न्याय पाए र लोकतन्त्र को खोल ओडे। यस्ता ब्यबस्था परिवर्तन संगै भएका शब्दको परिवर्तनको कुनै तात्विक भिन्नता भने देखिएको छैन । जुनसुकै शासकीय शब्दको खोल ओढाए पनि नेपाल ले समृद्धि हासिल गर्न हिचकिचाइ रहयो। र आर्थिक बिकासले आसातित फड्को मार्न र बामे सर्न भने खुट्टा कमाइ रहयो।

    ब्यबस्था परिवर्तन ले मात्र नहुने, हाम्रो राजनैतिक संस्कार र सभ्यताले पनि कोल्टे फेर्न पर्ने रहेछ। नेपालको एकीकरण संगै सामान्ती ब्यबस्था बाट गुज्रदै आएको नेपाल राणाकाल, पन्चायत काल, र अहिलेको संघिय गणतन्त्रमा पनि हामी रैती मानसिकता बाट माथी उठ्न सकेनौ। हामी मा दास मनोवृत्ति र हनुमान गिरी जबर्जस्त हाबी छ। हामी कसैको मातहतमा शासित हुन खुब मनपराउछौ। तिनै पुराना पार्टी र बारम्बार परिक्षण भएका असफल नेतृत्व प्रतिको आसक्ति यसैको एउटा ज्वलन्त उदाहरण हो।

    एउटा नागरिक को रूपमा हामी हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सकिरहेका छैनौ। सबै नागरिक , नेता र कार्यकर्ता जस्ता भएका छन। राजनीति लाई मुल पेसा मान्ने हरु आफुभन्दा माथिल्लो नेताको खुट्टा मोल्न र चाकडी गर्न मै ब्यस्त देखिन्छन् । भुइँ तलामा रहेका सार्वभौम नागरिक चाहिँ अन्धभक्त समर्थक र कार्यकर्ता रहिरहने अर्थात बाजेको पाला देखि काङ्ग्रेस भएकाहरू काङ्ग्रेस र कम्युनिस्ट भएका हरु कम्युनिस्ट रहिरहने। हामी आज्ञाकारी कार्यकर्ता भएका छौ। हामी उत्पादन मा जोड दिदैनौ अनुत्पादक बहस र छलफलमा समय ब्यतित गर्छौ। अनि आफु सबैभन्दा उत्तम बिस्लेसक बन्छौ। त्यसैको प्रतिफल अहिले हाम्रो राजनीति मा देखिएको छ।

    राजनीति संबिधानत : समाजवाद उन्मुख भनिए तापनी ब्यबहारमा ” डनबाद” , र ” धनबाद ” मा परिणत भएको छ । भ्यु टावरे बिकास चलेको छ। उत्पादन , रोजगार र आत्मनिर्भर अर्थतन्त्र त फुस्रा नारा मात्र भएका छन।

    बहुदलीय शासन ब्यबस्थाको प्राप्ति पस्चातका नेपाली राजनीतिक घटनाक्रम , विभिन्न समयमा देखिएका उतार चडाव , नेतृत्व ले लिएका निर्णय हेर्दा आज पर्यन्त हाम्रा राजनैतिक दल र तिनका नेतामा राजनीति संस्कार शुन्य प्राय देखिन्छ । जुन नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष रहयो। तथापि 62/63 को जनआन्दोलन पछिको राजनैतिक एकता र भुकम्प बाट शिक्षा लिदै जारी गरिएको संबिधानमा भने राजनैतिक दलको भुमिका स्तुत्री रहेको छ। यश बाहेक कुनै पनि राजनीतिक दल र तिनका नेतामा राजनैतिक संस्कार देखिदैन । यहि पारामा राजनीति अगाडि बढिरहदा अग्रज बाट अनुज ले के सिक्ने??? सहजै अनुमान गर्न सकिन्छ।

    गणतन्त्र का लागि युद्द गरेको माओवादी , प्रजातन्त्र को लागि संघर्ष गरेको काङ्ग्रेस , भुमिगत एंव शान्तिपुर्ण आन्दोलन गर्दै आएको एमाले , अघिकारका को लागि लडि आएको मधेसवादी दल र तिनका नेताको बिरासत स्मरण योग्य छ। अहिले त पुर्व राजावादी पनि अटाएका छन। गणतन्त्रका लागि लडेका बैध, र यो ब्यबस्थामा नसमेटिएका बिप्लवको समुहलाइ भने समोचित सम्बोधन हुन बाकी छ। दुई तिहाई नजिक नेकपा मा देखिएको बिग्रह र संसद भंग घटना लाई हेर्दा जनताको आसा पूरा हुने छाटकाट नगन्य छ। ब्यक्तिगत दन्त बझान , आरोप प्रत्यारोप मा अब्बल साबित दलका नेता , कार्यकर्ता , संस्कार बिहिन आदर्श , नैतिकता बिहिन चरित्र र मर्यादा बिहिन राजनीतिमा उनिहरु लागि परेका छन। फलस्वरूप स्वतन्त्र हरुको उदय र जनतामा पार्टी प्रतिको बितृस्णा ह्वात्तै बढेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं