SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१७ गते
    ४३७५ &#२३४६;&#२३३५;&#२३२५;

    कमला केसी | हाम्रो परिवार लगभग तिन दशक यता ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ हरेक हिसाबले अतिनै महत्त्वपूर्ण भुमिकामा रहेको यो व्यवसायले आम सर्वसाधारणसंग प्रत्यक्ष सम्बन्ध जोडीएको महसुस हामिले गरेका छौ प्रत्येक घरको चुलो बल्न अझै भनौ गाँस बास र कपाससंग प्रत्यक्ष सम्बन्ध राख्छ भन्दापनि फरक पर्दैन किनकी देशका ७७ वटै जिल्लाका हरेक कुनामा प्रत्येक आम जनतालाई जिविका पार्जनको लागि आवश्यक पर्ने हरेक सामाग्रीको ढुवानीसेवा प्रदान गरिरहेको छ ।

    आयमुलक संस्था वा पेशा भएपनी प्रत्यक्ष अप्रत्यक्ष रुपमा सेवा प्रदान गर्ने संस्थापनि हो आमग्राहक महानुभाब बाहेक सर्वसाधरण जनतासंग पनि हरेक तवरले जोडिएको हुनाले पनि आफुलाई व्यवसायीक रुपमा मात्रै सिमित नराखिकन सामाजिक अभियन्ताको रुपमा खडा भएर सेवामुलक ढंगले पनि अगाडि बढिरहेको महसुस हामिलाई भईरहेको छ । यी सबै भूमिका बाधनुको पछाडी अवश्य पनि केहिनकेही प्रसङ्ग छ जुन म अब जोड्न लागिरहेको छु नितान्त एक आम सर्वसाधारण भएर म आफुलाई लागेको बिषय उठान गर्न लागिरहेको पनि यहाँहरु समक्ष पहिलेनै जानकारी गराउन चाहान्छु ।

    विश्वव्यापी महामारीले समग्र देश शोकाकुल छ प्रदेशमा छौ परिवारको चिन्ताले सताउनु त स्वभाविक नै भयो अझैबढी चिन्ता घरको सदस्य घरबाहिर काम गरिरहदा हुँदोरहेछ हाम्रो परिवार ट्रान्सपोर्ट ब्यवसाय गर्दै आईरहेको छ नितान्त निजि ब्यवसाय आफ्नो हिसाबले चल्ने आफ्नो हिसाबले बन्द गर्न सक्ने यो कोरोनाको महामारी फैलिए लगत्तै घरमा कुराकानी भयो अझै भनौं यो व्यवसायमा खटिरहनु भएका आदरणीय ठुलो दाजु माईलो दाजु अनि कान्छो भाईसंग हजुरहरुपनी अफिस बन्द गर्नुहोस् नहिड्नुहोस बाहिर भनेर तर उहाँहरुले जवाफमा फर्काउनु हुन्थ्यो हामी मात्र व्यवासायिक पाटोलाई अंगालेर हिडिरहेका छैनौं ।

    यस्तो अवस्थामा हामी कुनै हालतमा आफ्नो मात्रै ज्यानको प्रवाह गरेर आम सर्वसाधारण प्रतिको कर्तव्यलाई भुल्न सक्दैनौं हामी आफ्नो ज्यान जोखिममा राखेरै भएपनि सेवा दिन्छौ र अतिआवस्यक सामाग्रीहरु देशैभरी नै ढुवानी गर्छौ हामीसंग अर्को कुनै तर्क हुने कुरै भएन एकैछिन स्वार्थी भएर आफ्नो परिवारलाई मात्रै सोचेको भएपनी उहाँहरुको जवाफ पछि बोल्न सक्ने ठाउँपनि त थिएन आखिर अफ्ट्यारोमा जसले जति जसरी सक्छ मानव धर्म निभाउनै पर्छ भन्ने त मेरो पनि सोच हो त्यसैले पनि केही नबोली हौंसला दिदै सुरक्षित भएर काम गर्न अनुरोध बाहेक केही बढी बोल्न सकिन ।

    कुरा गणतन्त्र दिवसको दिनको हो सधैंझै पारिवारिक हालखबर बुझन आदरणीय हाम्रो घरको माईलो दाजु दुवानी ब्यवसायिक महासंघ नेपालका महासचिव अरुण श्रेष्ठलाई फोन गरे सधैं कार्यस्थलमा खटिएरहने दाजु घरमानै हुनुहुँदोरहेछ जिस्किदै सोधे दाई आज छुट्टी हो ? उहाँले अर्कै मोड्मा जवाफ दिनुभयो छुट्टी ?भन्दापनी काम गर्ने र अफ्ट्यारो परिस्थितिमा सहयोग गर्ने वातावरण भएन अब म पनि सिरियस मोडमा फर्के अनि सोधे के भयो दाई हामी जेठाजु बुहारी भएपनि दाजुबहिनी जस्तै छौ हाम्रो सम्बन्धमा अफ्ट्यारोपन हिचकिचाहट कतै छैन ।

    हामी खुलेर हरेक बिषयमा कुराकानी गरिरहेका हुन्छौं देशको राजनीतिक स्थिति देखी वर्तमान परिस्थिति सम्मका कुराकानी भईनैरहेका हुन्छन् दाईले निराश भावमा भन्नुभयो देशमा नितान्त निस्वार्थ रुपमा काम गर्ने वातावरण पनि भएन हामिले त आम सर्वसाधण र सरकारलाई नै सहयोग पुगोस भनेर यस्तो विषम परिस्थितिकाबीच पनि सेवा दिइरहेका थियौं तर अपशोच हाम्रो सरकारले हाम्रो भूमिकालाई बुझेन सामान ढुवानी गराउने क्रममा ट्रान्सपोर्ट कम्पनीहरुमा कार्यरत १५ जना ब्यक्तीहरुलाई प्रहरिले पक्राउ समेत गर्‍यो आपुर्ती मन्त्रालयसंग छलफल गरेरै काम गरेपनी स्थानिय प्रहरी बाट अबरोध हुँदै आईरहेको छ ।

    उहाँको बोलिमा निराशाजनक भाव थियो केहिबेरको कुराकानीपछि फोन राखे अनि मलाई पनि नराम्रो लाग्यो र केही लेख्नमन लागेको भएर पनि मैले सुरु गरे भुपरिवेष्टित देश नेपाल ७७ वटै जिल्लामा ढुवानी सेवा बाहेकको कुनै विकल्प नै छैन जनतालाई बिहान उठेदेखी सुत्नेबेला सम्मका अति आवश्यक बस्तुहरु दैलो सम्म पुराउने यो व्यवसायलाई सरकार महत्त्वको बिषय ठान्दैन यो संस्था सम्बन्धि गम्भीरतापुर्वक सोचेर हालसम्म कुनै बिषय उठान भएको पनि थाह छैन मलाई देशमा गणतन्त्र लोकतन्त्र के के छ भन्छन् सेवा गर्छौ भनेर आफ्नो ज्यान जोखिममा राखेर निस्वार्थ लागिरहेका हाम्रा दाईहरु जस्ता कयौं युवाहरुलाई काम गर्ने वातावरण मिलाएर प्रोत्साहन दिनुत परै जाओस् उल्टै निरुत्साहित गरेको छ यहीँ हो गणतन्त्र यहि हो लोकतन्त्र ?? सरकार आफुले केही गर्न नसकेपनि अक्सिजन नपाएर मरेका लासहरु नदेखेपनि मेरा दाईहरु जस्ता हामी गर्छौ सरकारको मुख मात्रै ताक्ने होईन भनेर हौसिएका जोशिएका युवाहरूको हौसला त कम्तिमा बढाउने काम गर ।

    यो विपत्तिको समयमा सरकारलाई छाती फराकिलो बनाएर सहयोग गर्नेहरुको आवश्यकता छ त्यसैले सबै मनकारी र धनकारीहरुलाई निस्वार्थ भावनाले सहयोगको अनुरोध गर्दै सरकारले राहतलाई निष्पक्षता र जिम्मेदारीताका साथ भुमिका निर्वाह गर्ने कुराको प्रत्याभुती आम पिडित समुदायमा दिलाउन सक्नुपर्छ । पहिलो पंक्तिमा रहेर सेवा प्रदान गरिरहेका यस्ता संस्थाहरुको पहिचान गरेर काम गर्ने वातावरण मिलाइदे सरकार हामी हाम्रा दाजुभाईहरुको बिश्वास हौसला र केही गर्छौ गर्नुपर्छ भन्ने भावना मरेको हेर्न चाहदैनौ ।
    कमला केसी
    स्नातकोत्तर बिद्यार्थी
    दक्षिण कोरिया

    प्रतिकृया दिनुहोस्

    Loading...

    फेरि पनि सडकमा पलेंटी कस्न तयार छौं : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं