SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/११ गते
    १३५६ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / पर्वत , बिहादी । पुरानो संस्कृतिलाई जोगाउने उदेश्यले तीज विशेष कार्यक्रम शुरु भएको हो कार्यक्रमको अध्यक्ष्ातामा सृजना युवा क्लबका अध्यक्ष कुलबहादुर बोटे रहनुभएको थियो भने प्रमुख अतिथि बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसाल रहनुभएको कार्यक्रममा विशिष्ट अतिथि विहादी गाउँपालिका वडा नम्बर तिनका वडा अध्यक्ष रन बहादुर आले , बिहादी गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष भिम बहादुर श्रेष्ठ नेकपा विहादी गाउँपालिका अध्यक्ष सबिन गुरुङ , नेपाली काँग्रेस बिहादी गाउँपालिका संयोजक विस्नु भुसाल ,जिल्ला समन्वय विस्नु माया पौडेल , रेडियो सत्यवाणीका स्टेसन मेनेजर अनिल प्रसाद मास्के , बिहादी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य किसान बहादुर क्षेत्री वडा सदस्य घनबहादुर क्षेत्री रहेकोे कार्यक्रममा अतिथिहरु पँौयू गाउँपालिका पुर्व उपसभापति दान काजी श्रेष्ठ , नेपाली काँग्रेस जिल्ला सदस्य पर्वतका हक बहादुर सुनार , नेकपा जिल्ला सदस्य पर्वतका ऋषि भुसाल , हरि पौडेल लगाएको उपस्थित रहेको थियो ।

    कार्यक्रममा बोल्दै बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसालले भन्ने बिहादी को विकासका लागि ईमिचौरमा एउटा कबडहल बनाउन पहल गर्ने र यो ई र्मिचौरमा प्रशासकीय भवनको कुरा आएको छ दुरीको हिसाबले पनि प्रशासकीय भवन ईर्मिचौरमा नहुने बताए । कार्यक्रममा बिहादी ३ रानीपानिका वडा अध्यक्ष रन बहादुर आलेले भने प्रशासकीय भवन ईर्मिचौरमा हुनुपर्छ यसका लागि बिहादी १,२,३ का जनताले र जनप्रतिनिधिले हस्ताक्षर अभियान समेत सम्पन्न गरेको बताए ।

    रेडियो सत्यवाणीका स्टेसन मेनेजर अनिल मास्केले भने यो ईर्मिचौर धेरै भाग्यमानी ठाउँ हो प्रदेश सरकार बाट पनि प्रशासकीय भवनको पनि चिठ्ठा परे अभ अभ गाउँपालिका अध्यक्ष ले पनि छिट्टै भवनको टुंगो लगाउनु हुने छ भन्नू भयो ।

    कार्यक्रममा जिल्लाकै पहिलोपटक नेवारी समाजको लाखेनाच भएको थियो लाखे नाचमा पँौयू हटिया नेवा खल प्रथम भएको थियो भने वहाकी भन्जेङ चौधरी नेवा समाज दोस्रो भएको हो आयोजक वाल्लौ स्वभाघ नेवार समाज तेस्रो भएको थियो भने कार्यक्रममा खुल्ला विद्यालय स्तरीय नृत्य पनि रहेको थियो । जसमा वहाकी मावि प्रथम , जनता निमावि दोस्रो , नेपाल तारा मावि तेस्रो र रानीपानी आधारभूत सान्त्वना भएको थियो । कार्यक्रममा पत्रकार अमृत भट्टराई , बर्राचौरका युवा अमित क्षेत्री , पदम पुरी, रगु हिताङ्ग ले बिहादी बाट अप्सरा नेपाली बचाउ अभियानमा उठाएको ६८ हजार ५ सय ४७ रुपैया अप्सराका ठुला बाबालाई हस्तान्तरण गरेका थियो । तीज विशेष कार्यक्रम संयोजक डम्बर श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं