SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२३ गते
    ३०२१ &#२३४६;&#२३३५;&#२३२५;

    पुनम बसेल, न्युयोर्क ।
    १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार गर्दै संघर्षपूर्ण यात्राबाट अमेरिका पुगेका लक्ष्मण मल्लको ब्रेनडेडका कारण मृत्यु भएको छ।

    मोदी गाउपालिका ६ गिज्यान घर भएका ४३ वर्षिय मल्ल अमेरिकाको न्यूयोर्कमा बस्दै आएका थिए भने गत आइतबार एक्कासी रिंगटा लागेर भूईमा ढलेपछि अस्पताल भर्ना गरिएको थियो।

    उनलाई साउथसाइड अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखिएको र उनको ब्रेनडेड भइसकेको अस्पतालले जानकारी दिएको छ ।

    गतबर्ष अमेरिकाको न्युयोर्क आइपुगेका मल्लले एसाइलममार्फत अमेरिकाको बसोबास प्रावधान मिलाउँदै थिए । उनकी श्रीमति ३८ बर्षीया सजिता लामिछाने मल्ल, छोरीहरु २० बर्षीया सभीयाता मल्ल, १७ बर्षीया दिव्यता मल्ल र छोरा १२ बर्षीय दीप्सन मल्ल नेपालमा रहेका छन् ।

    परिवारका सदस्यहरू बिक्षप्त अवस्थामा रहेको तथा परिवारको एकमात्र सहाराको रूपमा मल्लले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सहयोग संकलनका लागि गोफण्डमी सुरु गरिएको छ ।

    त्यस्तै अमेरिका कै क्यालिफोर्नियामा पनि मल्लको परिवारलाई सहयोग होस भनि सहयोग संकलन शुरु गरिएको छ । पर्वत कै हेम बहादुर मल्ल (मुनाल) र दिनेश थापाको नेतृत्वमा सहयोग संकलन गर्न लागिएको हो ।

    मल्ल र थापाका अनुसार परिवारलाई तत्काल राहत होस भन्ने सोचसहित जतिसक्दो छिटो जे जति सकिन्छ सहयोग गर्न लागेको सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    गोफण्डमा सहयोग गर्न यहा जानुहोस

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं