SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१/२२ गते
    ५४२ &#२३४६;&#२३३५;&#२३२५;

    अमेरिका ।

    झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा अमन खान शनिबारदेखि मेरिल्याण्डबाट बेपत्ता भएपछि नेपालमा रहेका उनका परिवारले खोजीका लागि सघाउन आग्रह गरेका छन् ।

    पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ५ वडागाउँ शिवालयका २२ बर्षिय खान शनिबारविहानदेखि सम्पर्कविहिन भएको उनका बुबा अश्लम खानले सुचनाकेन्द्र डटकमलाई जानकारी दिएका छन् ।

    झण्डै डेढ बर्ष अगाडि अमेरिका आएका खान न्युयोर्कमा बस्दै आएका थिए । आफूले बाल्टिमोरको रेष्टुरेण्टमा काम खोजिदिएको र अप्रिल २१ आइतबार काममा आउन भनेपनि खान अप्रिल २६ शुक्रबार राती न्युयोर्कबाट हिडेको मेरिल्याण्डबाट उनका साथीहरुले जानकारी दिए छन् ।

    उनलाई आइतबारदेखि रेष्टुरेण्टमा काम खोजिदिएका थियौं । उनले सोमबार आउने बताएका थिए । तर उनी न्युयोर्कबाट मेगाबस शुक्रबार रातीमात्र हिडेका थिए । मेरिल्याण्डमा राती २ बजे बसबाट झरेका रहेछन् । शनिबार विहानमात्र उनीसँग सम्पर्क भएको थियो । त्यसपछि उनी सम्पर्कविहिन भएका हुन ।

    पहिले बाल्टिमोरमा नै काम गरेका उनी पछि न्युयोर्कमा गएका थिए । नेपालाबाट उनका बुबा अश्लम खानको अनुरोधमा आफूले अमनलाई बाल्टिमोरमा काम खोजिदिएर बोलाएको तर उनी त्यहाँ पुगेपछि बेपत्ता भएको बाल्टिमोरबाट धन थापाले बताएका छन् । विहान उनले आफू डिसी पुगेको बताएको र वरपर जंगल रहेको बताएको थापाले जानकारी दिए ।

    अमेरिका न्युयोर्कको समय अनुशार शनिबार विहान ९ बजेतिर भिडियोकल भएपछि छोरासँग सम्र्पक हुन नसकेको पर्वतको कुश्मामा रहेका अमनका बुवा अश्लमले जानकारी दिए । बुबा अश्लमका अनुशार २ छोरा र एक छोरी मध्ये जेठो छोरा अमन १६ महिना अघि टेक्सास हुदै अमेरिका प्रवेश गरेका थिए ।

    पछिल्लो २ महिना देखि अमन बिरामी रहेको बुवा अश्लमले जानकारी दिए । मोवाइलमा रिचार्ज गरिदिनका लागि छोराले शनिबार बिहान भनेको र रिचार्ज गरिदिएपछि छोरासँग सम्पर्क हुन नसकेको भन्दै उनले अमेरिकामा रहेका नेपाली संघ संस्था र समुदायहरुलाई खोजीका लागि सघाउन अनुरोध गरेका छन् ।

    यता अमनको खोजीकार्य गर्नको लागि आफ्नो कार्यालयमा जानकारी आएको र सोहि अनुशार अमन शनिबार विहान युनियन स्टेशनमा आएको र त्यहाँबाट बेपत्ता भएको पर्वत नै घर भएका मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले जानकारी दिए ।

    प्रहरीलाई युनियन स्टेशनमा पठाएपनि उनलाई फेला पार्न नसकिएको भण्डारीले बताए । आफूले डिसीको प्रहरीसँग यसबारे कुराकानी गरेको तथा आफ्नो कार्यालयले बस कम्पनीसँग सम्पर्क गरिरहेको तर फेला पार्न नसकिएको भण्डारीले बताए ।

    अमनलाई हालै इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले हाजिर हुन सुचित गरेको समेत जनाइएको छ । अब खोजीका लागि भोलि आइसमा सम्पर्क गर्ने भण्डारीले बताए । भण्डारीले खोजीकार्य जारी राख्ने र उनलाई सकुशल फेला पार्ने आशा व्यक्त गरेका छन् ।

    अहिले अमनको मोवाइल अफ छ । सम्पर्क गर्न कोशिस गर्दा सम्पर्क हुन सकेको छैन । छोरा अचानक सम्पर्कविहिन हुँदा निकै आत्तिएका छौं ।’ सबै नेपालीले खोजी कार्य गर्दिन भन्दै बुबा अश्लम खानले अनुरोध समेत गरेका छन् । समाचार सहयोगी पुनम बसेल

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं