SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१५ गते
    ४३७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो ।

    फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका थिए । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे ।

    इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए ।

    गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । यो देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाई छ ।

    सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुणर् रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गरे ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली काङ्ग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका शंकर गिरि, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पुन युवा क्लवका सल्लाहाकार सोम पुन, गणेश पुन लगायतले बोलेका थिए । कार्यक्रम पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सप्पन्न भएको थियो ।

    महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई रु। एक सय, विद्यार्थीका लागि रु। ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं