SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/११ गते
    ४७७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।पर्वतको कुश्मामा रहेको नमुना आवसीय माध्यामिक विध्यालयले आफ्नो ३५ औ बार्षिक उत्सब तथा अभिभाबक दिवश भब्यताको साथ सम्पन्न गरेको छ । सो अवसरमा बिध्यालयले बिभिन्न सस्कृतिक कार्यक्रम,भजन,नाटक साथै पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा ०७९ को अन्तिम परीक्षा, २०८० को तेश्रो त्रैमासिक परीक्षाको साथै अतिरिक्त क्रिया कलापका पुरस्कार ,विद्यार्थी भाइबहिनीहरुलाई वितरण गरिएको थियो ।

    कार्यक्रममा बोल्द प्रमुख अतिथी जिल्ला शिक्षा बिकास तथा समुन्नय इकाइ प्रमुख उद्दिम राज पौडेलले यस बिध्यालयमा अध्यायन गरेर गएका विद्यार्थी भाइबहिनीहरु बिभिन्न सामाजिक राजनैतिक क्षेत्रमा अब्बल रहेको बताउनुभयो । साथै विद्यार्थी भाइबहिनीहरुलाइप्रोसाहान जगाउन खेलकुद,बभिन्न सस्कृतिक कार्यक्रम,भजन,नाटक प्रस्तुतीहरु देख्दा निकै खुसि लाग्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्द बिशिष्ट अतिथी साथै यसै बिध्यालयका पुर्व विद्यार्थी मोदी गाउँपालिका उपाध्यक्ष बिमल लामिछानेले आफु राजनैतिक जिवनमा सक्रिय रहदा यस बिध्यालयमा सिकेका सामाजिक ज्ञान सिपलाई आत्मासाथ गर्दै हिनेको बताउनु भयो । कार्यक्रममा बिभिन्न राजनैतिक ब्यति, समाजसेबि,अभिभाबक ,पत्रकार,आदिको उपस्थीती रहेको थियो ।

    स्वागत मन्तब्य राख्दैप्राचार्य इन्द्रमान खत्रीले आफ्ना बालबालिका अध्यान गर्ने बिध्यालयमा निरन्तर सहभागि भइ बालबालिकाको मनोबल बढाउन,शिक्षक सगँ सहकार्य गरी बालबालिका अध्यायनको चासो लिन अभिभाबकलाई अनुरोध गर्नुभयो । बिध्यालयका अध्यक्ष याम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक इन्चार्ज जलन खत्री र उपप्राचार्य खेमराज शर्माले गर्नुभएको थियो । अतिरिक्त क्रिया कलापका पुरस्कार वितरण, शिक्षक नृत्य,भजन,नाटक र विविध सांगीतिक कार्यक्रम निकै रमाइलो थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं