SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/९ गते
    १३४३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका तीन जनाको हत्या भएको छ । श्रीमती, छोरी र नातिनीको हत्या गरेका राजु घिमिरे भन्ने काजी विकले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।नागार्जुन नगरपालिका ६ बैराग टोलमा राजु र ईश्वरीको परिवारका ६ सदस्य बस्दै आएका थिए । राजु डकर्मी काम गर्थे भने ईश्वरीले कलंकीको होटल केही पहिला मात्र बेचेकी थिइन् ।

    आफन्तका अनुसार ईश्वरीको दोस्रो बिहे थियो । पहिलो श्रीमानबाट भएको छोरा विदेशमा थिए भने बुहारी र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठसँगै बस्दै आएका थिए ।राजु र ईश्वरीको १५ वर्षका छोरा र ८ वर्षकी छोरी अनिशा थिए । अरु दिनझैं बुधबार बिहान पनि बुहारी बिहानै काममा गएकी थिइन् । राजुले १५ वर्षका छोरालाई भने १०० रुपैयाँ दिएर गुलमारी किन्न पसल पठाएका थिए ।

    त्यसपछि घरमा भएका तीन जनाको हत्या गरे । बिहान करिब ९ बजेतिर ३८ वर्षीया ईश्वरी श्रेष्ठ, छोरी र नातिनीको हत्या गरेपछि उनले ‘मैले तेरो परिवार सिध्याएँ’ भन्दै छोरा र ससुरालीमा फोन गरेको पाइएको छ ।त्यसपछि स्थानीय घटनास्थलमा पुगेको तरकारी पसल चलाउने फुलमाया स्याङ्बोले बताइन् ।

    तीन जनाको हत्या भएको घर
    हत्या राजुले नै गरेको सूचनाका आधारमा प्रहरीले उनको खोजी थाल्यो । तर घरभन्दा केहीपर नागार्जुन नगरपालिका वडा नं. ५ सितापाइला हरिसिद्धीको जंगलमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको छ ।घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए ।काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेर अनुसन्धान जारी राखेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं