SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१० गते
    ६५५ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन ।

    नारायणगढ–मुग्लिन सडक खण्डमा दूध बोक्ने ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको दुर्लाङ–१ धौलागिरी बस्ने ५८ वर्षीय हर्क बहादुर सुनार रहेका छन् ।

    आज दिउँसो करिब २ बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थितमा मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ग १६ प ६९६८ नम्बरको मोटरसाइकल बा प्र ०१–००४ क ०५७३ नम्बरको ट्यांकरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकल चालक सुनारको चितवन मेडिकल कलेजमा उपचारको क्रममा करिब साढे २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । मोटरसाइकल पछाडि सवार नुवाकोट शिवपुरी गाउँपालिका–६ बस्ने वर्ष २९ को सुबास तामाङ मध्यम घाईते भई चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

    दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याङकर चालक भक्तपुर नगरपालिका–८ बस्ने वर्ष ४२ को दिपक लाखेमरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं