SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/८ गते
    ५३० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पर्वतले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई सफल बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय लभ्लीडाँडामा शुक्रबार सम्पन्न बैठकले पार्टी केन्द्रको निर्णयअनुसार ‘जनतासँग विशेष रूपान्तरण अभियान’लाई सफल बनाउन एक ढिक्का भएर लाग्ने निर्णय गरेको हो।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि अधिकारीले अबको ३ महिना पार्टीका लागि समय दिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिँदै उनले माओवादीकै नीति र नेतृत्वमा मात्र मुलुकमा विकास र समृद्धि हुने कुरामा जोड दिए।

    माओवादी केन्द्र पर्वतका इन्चार्ज एवं केन्द्रीय सदस्य वलावती शर्माले जिल्लामा पार्टीलाई २०६४ को अवस्थामा फर्काउने वाचा गरिन्। उनले घरघरमा माओवादी जनजन र मन मनमा माओवादी हुनुपर्ने बताइन्।

    जिल्ला संयोजक मनरुपा शर्मा विमलाले द्वन्द्वकालमा होस या वर्तमान समयमा होस जनताको सुख दुखमा माओवादीले साथ र सहयोग गर्ने गरेको भन्दै माओवादीको नीति र नेतृत्वले देशमा संविधान, लोकतन्त्र, गणतन्त्र धर्म निरपेक्षता स्थापना भएको बताइन्। शर्माले आफू संयोजक भएर आएसँगै जिल्लामा पार्टी र माओवादी आन्दोलनलाई सशक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता जाएर गरिन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं