SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१९ गते
    ५३६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    दुर्गा प्रसाई अहिले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै सार्वजनिक रूपमा चुनौती दिँदै हिँडेका छन् । कतिसम्म भने उनले बैंक तथा वित्तीय संस्थाको ब्याजबाट पीडितहरूको संगठनसमेत बनाएका छन् । जुन संगठनले बैंकको पैसा उठाउन आउने कर्मचारीलाई कालोमोसो दल्ने घोषणा गरेको छ ।

    प्रसाईले २० लाख रुपैयाँसम्म ऋण भएकाको मिनाहा गरिदिन्छु भन्दै संगठन बनाएका छन् । जसले यो क्षेत्रमा अराजकता फैलिएको छ । प्रसाई आफैंले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट झन्डै ६ अर्ब ऋण लिएका छन् ।

    ऋणको ब्याजको त कुरै छाडौं, उनले उनले आयकरसमेत तिरेका छैनन् । आन्तरिक राजस्व कार्यालयले प्रसाईले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

    उनले बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ। बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै प्रसाईलाई १५ दिनको समय दिएको हो।

    पटक पटक पत्राचार, फोन सम्पर्क तथा संकलन भ्रमणका माध्यमबाट आयकर र मूल्य अभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले सार्वजनिक सूचना जारी गरिएको कार्यालयले जनाएको छ।

    प्रसाई आफूले लिएको ऋणको सावाँब्याज नतिर्ने रणनीतिअनुसार नै अराजक संगठन बनाउँदै हिँड्को भन्दै नेपाल राष्ट्र बैंकले समेत आपत्ति जनाएको छ । प्रहरीले उनको गतिविधिको समेत सूक्ष्म अनुसन्धान गरिरहेको बुझिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं