SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/१९ गते
    ४५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    आज (मंगलबार) मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीलाई पुनर्ताजगी र गतिशील बनाएर आगामी निर्वाचनमा ५१ प्रत्येक वडाबाट ५१ प्रतिशत भन्दा बढि मत पाउने गरी काम गर्न पार्टी निकट संगठनहरुलाई निर्देशन दिएका हुन् ।

    ‘आज हामी एउटा मजबुद स्थितिमा छौं । समग्र तलको स्थितिलाई बुझ्नका लागि यो मजबुद संगठनलाई पुनर्ताजगीका साथ, एमाले पनका साथ, एमाले प्रवृत्ति र एमाले मनका साथ एकताबद्ध बनाएर गतिशील कसरी बनाउने ? जसबाट आगामी दिनमा, आगामी निर्वाचनमा नेकपा (एमाले) ले एक्लै ५१ प्रतिशत भन्दाबढि हरेक वडामा ल्याउन पर्छ,’– उनले भने ।

    आगामी निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगर्ने उनको भनाई छ । एमालले कसैको त्यान्द्रो नसमाई एकल बहुमत ल्याउन गरी काम गर्न उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । नेपालमा सोच विचार भएको र देशभक्ति भएको एमाले बाहेक अर्को पार्टी नभएको उनको दाबी छ । यस्तो अवस्थामा एमालेले आधा जनताको समर्थन प्राप्त गर्ने उनले बताए ।

    ‘एमाले यो सँग मिल्ने कि त्यो सँग मिल्ने कि ? त्यो त्यान्द्रो समाउने कि ? त्यो त्यान्द्रो समाउने कि ? यो होइन । आफ्नो बलमा, आफ्नो बुतामा एकल बहुमत ल्याउने गरी काम गर्नपर्छ ।

    किन सकिँदैन ५१ प्रतिशत ? यस देशमा एमाले बाहेक सोच विचार भएको अर्को पार्टी छैन । देशभक्ति भएको अर्को पार्टी छैन । यस्तो अवस्थामा विकासको नीति र त्यो विकासलाई हाँक्नसक्ने एमाले बाहेक अर्को छैन । यस्तो अवस्थामा एमालेले आधाभन्दा बढि जनताको समर्थन प्राप्त किन नगर्ने ?’– ओलीले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं