SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१/५ गते
    ८७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । यदि तपाईं शरीरको आवश्यकता भन्दा बढी पानी पिउनुहुन्छ वा हरेक दुई/तीन मिनेटमा पानी पिउनै पर्ने आदत रहेकोछ भने तुरुन्त सावधान हुनुस्। मिनेटमिनेटमा पानी पिउने इच्छा हुनु एक मानसिक र न्यूरोलजिकल समस्या हो।

    धैरै पानी पिउनुले रगतमा सोडियमको मात्रा कम हुन जान्छ। जसले गर्दा बेचैन, थकान, रिँगटा लाग्नु र रक्तचाप कम हुनु जस्तो समस्या आउन सक्छ।

    यदि तपाईं लामो समयसम्म समयसमयमा पानी पिउनुको शिकार बनिरहनु भएको छभने यो स्थितिले तपाईंलाई कोमामा जाने जस्तो चिकित्सकीय अवस्थाको शिकार बनाउन सक्छ।

    किनकी धैरै पानीले शरीरमा सोडियमको परीणाममा कममात्र नभइ अरु कोशिकामा पनि पानीको सुजन बढ्न जान्छ। दिमाग यस्तो स्थितिबाट गुज्रदाँ न्यूरोलजिकल बदलाव हुन जान्छ र कोमामा जाने स्थितिपनि आउन सक्छ। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई हाइपोनेट्रेमिया भनिन्छ।

    एक दिनमा कति पानी पिउनु उचित

    हाम्रो शरीर लगभग ७० प्रतिशत पानीले बनेको हुन्छ। त्यसैले शरीरमा पानीको कमी हुनेबित्तिकै डिहाइड्रेसन, घबराहट, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्याहरू सुरुमा देखिन थाल्छन्। सामान्य मानिसलाई तातो गर्मीमा हरेक दिन २ देखि ३ लिटर पानी चाहिन्छ।

    तपाईंले एक दिनमा सही मात्रामा पानी पिउनुहुन्छ भनी सुनिश्चित गर्न १ लिटरको बोतल लिनुहोस् र यसलाई दिनभर पानी पिउन प्रयोग गर्नुहोस्। ताकि तपाईंलाई थाहा हुन्छ कि तपाईंले सही मात्रामा पानी पिउदै हुनुहुन्छ। शरीरमा पानीको आवश्यकता र परिमाण पनि तपाईंले गर्ने कामसँग सम्बन्ध राख्छ।

    उदाहरणका लागि एसीमा काम गर्ने व्यक्तिको तुलनामा खेतमा काम गर्ने व्यक्तिलाई बढी तिर्खा लाग्छ। त्यसैले हरेक व्यक्तिको काम र शरीर अनुसार पानीको आवश्यकतापनि फरक-फरक हुन सक्छ। -एजेन्सीको सह‍योगमा

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं