SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/१३ गते
    १०५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ ।

    रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए । उनी भन्छन्, ‘उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गर्ने भन्ने छ ।’

    उपसभामुख लिएको अवस्थामा काठमाडौं–२ बाट निर्वाचित सोविता गौतम सम्भावित उम्मेदवार हुन् । यद्यपि पार्टीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि पाएको अवस्थामा सोविताको रोजाइ उपसभामुखको सट्टा मन्त्री हुने रास्वपाका नेताहरु बताउँछन् । एमाले र माओवादी शीर्ष नेताहरुबीच सरकार गठनकै क्रममा प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सहमति भएको छ । त्यसअनुसार राष्ट्रपति पदसँगै सभामुख एमालेले लिने छ भने उपराष्ट्रपतिमा माओवादी केन्द्रको दाबी छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं