SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/८ गते
    ५४१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी लाई २ हजार २ सय ६३ मतान्तरले पराजित गराउनुभएको हो । गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार ६ सय ९ मत ल्याउनुभयो ।

    प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गराउनुभयो । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गर्नुभयो । उहाँहरुको बिचमा २ हजार ३ सय ३९ मतको अन्तर रहेको छ ।

    प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गर्नुभएको छ । तिवारी र बस्यालका बिचमा १ हजार ९ सय २२ मतको अन्तर भएको छ । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं