SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/१७ गते
    ७६४ &#२३४६;&#२३३५;&#२३२५;

    रबि प्रकाश कसाैधन, कपिलवस्तु,  ।

    लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी आज कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आयसा गर्ल्स कालेज लगायत अन्य मदरसा हरूको अनुगमन गरेका छन् । मुख्यमंत्री केसी मदरसाको अवस्था, मदरसाको भौतिक अवस्था लगायत अन्य व्यवस्थापनका बारेमा अनुगमन गरेका छन् ।

    अनुगमन क्रममा आएका केसीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली संग समेत उनकै निवासमा भेटघाट गरी मदरसाको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

    सोही क्रममा मुख्यमंत्री केसी लाई राष्ट्रीय मदरसा संघ उपाध्यक्ष शैख जैस मक्की , नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, जामिया सिराजुल उलुम अल्सलफीयाका सहायक प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी, हेरा शैक्षिक तथा मानवीय सेवा समाजका सदस्य असरफ अली खान लगायतले मुख्यमंत्री को स्वागत तथा दोसल्ला ओढाई सम्मान प्रकट गरेका थिए ।

    मौलाना मशहूदले मदरसाको अवस्था, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन, लगायत मदरसाको अन्य समस्याको बारेमा मुख्यमंत्री केसी को ध्यानाकर्षण गराएका थिए । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समानुपातिक उमेदवार सबनम खातुन , तोफेल खान लगायत अन्यको समेत उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं