SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१० गते
    ६७० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु , । दलित परिवारकाे सुनवाई प्रहरीले गर्दै न्यायका लागि भाैतारिरहेका पिडित परिवारले आराेप लगाएका छन ।  जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजकाे एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन नमानेपछि हुलाकबाट उजुरि पठाइयाे तर पनि कुनै कार्यवाही नभएपछि ती युवतीका आमाबुवा अहिले महिला अधिकारकर्मीहरुलाई गुहार्न लागेका छन ।

    घटना बैशाख १ गते राति लगभग १२ बजेतिरकाे हाे बहादुरगंजमा आफ्नै घरमा सुतिरहेको अवस्थामा दलित समुदायका संवारे हरिजनकी छाेरी २३ बर्षीय अकालमति हरिजन हराएकी छिन । आमाबुवाले घटना लगत्तै इलाका प्रहरी कार्यालय बहादुरगंज र गणेसपुरमा निवेदन दिएका थिए ।

    बहादुरगंज प्रहरीले सामान्य छलफल गरि घटनालाई साम्य बनाउने काेसिस गर्याे त्यसपछि गणेसपुर प्रहरी कार्यालय मा निवेदन दिंदा लिन मानेन्न त्यसपछि बहादुरगंज हुलाक कार्यालयबाट राजिष्ट्री गरिएकाे युवतीका बुवाले बताए । आफू पहुँच नभएकाे र दलित समुदायकाे भएकाले नै कसैले वास्ता नगरेकाे गुनासाे युवतीकाे आमाकाे भनाइ छ ।

    न्यायका लागि पटक पटक प्रहरी कार्यालय पुग्दा ध्यान नदिएपछि पिडित आमाबुवालाई छाेरीकाे अवस्थाबारे जानकारी पाउने अधिकार रहेकाे र प्रशासनले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने महिला अधिकारकर्मी मिना परियारले बताउनुभयाे । पिडितले न्याय पाउनुपर्छ र त्यसमा प्रहरी , जनप्रतिनिधिहरुले सक्रियताका साथ लाग्नुपर्ने अधिकारकर्मी परियारकाे भनाई छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    विकास निर्माणका कामप्रति मुख्यमन्त्री अधिकारीको चासो, दुई दिन भित्र प्रतिवेदन पेश गर्न निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउनु भएको...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं