SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/९ गते
    १३३७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सुरु भएको छ। प्रजातन्त्र स्थापनाको लागि संघर्ष गर्दै आएक कुश्मा नगरपालिका–३ दुर्लुङ घर भएका चन्द्र बहादुर गुरुङ र राधा देवी गुरुङको सम्झनामा स्थापना गरिएको संस्था राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा ११ दिने महोत्सव आयोजना गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले हामीलाई जानकारी दिनु भयो ।

    कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको खेल मैदानमा अयोजना गरिएको महोत्सवको आकर्षकको रुपमा रहेको भलिबल खेल भोलि १० गते बाट शुरु हुने छ । “खेल खेलाडीका लागी, खेलाडी राष्ट्को लागी” भन्ने मूल नाराका साथ प्रथम राधाचन्द्र स्मृति कप २०७९ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलीबाट १५ गते सम्म संचालन हुने जानकारी खेल संयोजक जगदीश सुबेदीले जानकारी गराउनु भयो ।

    प्रथम पुरस्कार १,०१०००/ (एकलाख एक हजार, सिल्ड मेडल र प्रमाणपत्र) राशी रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता को दोश्रो ५५,०००/ (पचपन्न हजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) तेस्रो हुनेलाई ३०,०००/ (तिसहजार रुपयाँ, सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना हुनेलाई  १५,०००/ (पन्ध्र हजार सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । खुल्ला पुरुस भलिवलमा १० देखि १५ टोलि आउने अनुमान गरिएको ब्यबस्थापक लक्ष्मण कुमार श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं