SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/७/१६ गते
    ६३१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सोमबार एकैदिन दुई प्रदेश (कर्णाली र प्रदेश १) का मुख्यमन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएका छन् । नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाही र नेकपा एमालेका भीम आचार्य क्रमशः कर्णाली र प्रदेश १ को मुख्यमन्त्रीबाट राजीनामा दिएर सरकारबाट एक्जिट भएका हुन् । दुवै मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसक्ने अवस्था आएपछि राजीनामा दिन बाध्य भएका थिए ।

    कर्णालीमा मुख्यमन्त्री शाहीको राजीनामासँगै काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गर्ने मौका पाएका छन् भने प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले सरकारको नेतृत्व गर्ने भएका छन् ।

    शाही र राई दुवै पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका हुन् । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका कर्णालीका शाहीले ३ वर्ष ८ महिना सरकारको नेतृत्व गरेका छन् ।

    त्यस्तै प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य आचार्य गत भदौ १० गते नियुक्त भएका थिए । उनले ६५ दिन सरकारको नेतृत्व गर्न भ्याए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं