SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/३ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं  प्रतिनिधिसभा बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिन नेपाली कांग्रेसका चर्चित युवा नेता गगनकुमार थापा काठमाडौंबाहिर अलपत्र परेका छन् । विगत २ दिनदेखि पोखरामा रहेका नेता थापा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने थाहा पाएपछि स्थलमार्गबाट काठमाडौं जान लागेका थिए । तर तनहुँको दमौलीभन्दा अगाडि पहिरोका कारण सडक अवरुद्ध भएपछि नेता थापा अलपत्र परेका छन् ।

    पूर्व मन्त्री समेत रहेका सांसद थापालाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ । सांसद थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा समेत रहेका छन् । सांसद थापा पोखराबाट आईतबार बिहान ११ बजे काठमाडौं फर्किने तयारीमा रहेपनि मौसम खराबीका कारण उनले स्थलमार्ग प्रयोग गरेका थिए । तर स्थलमार्गमा समेत पहिरोले अवरोध गरेको छ ।सांसद थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर विश्वासको मत लिने प्रक्रियामा सहभागी गराउने प्रयास भइरहेपनि मौसमले कस्तो साथ दिन्छ भनेर परीक्षण भइरहेको छ ।

    नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृतिसभा तथा पार्टीको विभिन्न कामका लागि सांसद थापा शनिवार बिहान पोखरा पुगेका थिए । काठमाडौंमा राजनीतिक सरगर्मी बढेका बेला सांसद थापा भने काठमाडौंबाहिर अलपत्र परेका छन्

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं