SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२१ गते
    ३४०१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंकलाई स्वतन्त्र छाड्न बैंकहरूले माग गरेका छन् । बैंकबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा बैंकहरूलाई स्वतन्त्र छाड्नुपर्ने उनीहरूको माग छ । आगामी मौद्रिक नीतिका लागि सुझाव दिने क्रममा आइतबार बैंकहरूको छाता संगठन बैंकर्स संघले यस्तो माग गरेको हो ।

    हालको व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कर्जा निक्षेपबीचको ब्याजअन्तर बढीमा ४.४ प्रतिशत कायम गर्नुपर्छ । तर प्रतिस्पर्धाकै कारण हाल बैंकहरूको औसत स्प्रेड ४.४ प्रतिशतभन्दा कम छ । यस्तो अवस्थामा राष्ट्र बैंकले स्प्रेड दर तोक्नुको अर्थ नभएको संघको दाबी छ । ‘हाल बैंकहरूले ४.४ प्रतिशतसम्म ब्याजदर अन्तर राख्न पाउने भए पनि बजारको प्रतिस्पर्धाले गर्दा सो औसत हाल ३.५ प्रतिशत हाराहारीमा झरिसकेको अवस्थामा ब्याजदर अन्तरको सीमा त्यहाँबाट तोक्नु सान्दर्भिक नदेखिएको,’ संघको सुझावमा भनिएको छ, ‘भारतलगायतका छिमेकी मुलुकमा समेत ब्याजदर अन्तरको सीमा नतोकिएको ।’

    २०७६ चैतको तुलनामा २०७७ चैतसम्म वाणिज्य बैंकहरूको सम्पत्ति २५.३८ प्रतिशतले बढेको र कर्जा २४.२८ ले बढेको छ । उक्त अवधिमा आधार दर ९.३७ प्रतिशतबाट झरेर ६.९१ प्रतिशतमा रहेको र ब्याजदर अन्तर ४.४ को सीमाभन्दा तल झरेर ३.७ प्रतिशतमा आएको छ । जोखिम भारित सम्पत्तिको उच्च वृद्वि तथा सेयर लगानी बिक्रीबाट राम्रो नाफा हासिल गर्दा पनि बैंकहरूको सञ्चालन मुनाफा भने ०.१२ प्रतिशत मात्र बढेको छ । यस्तो अवस्थामा स्प्रेड तोकिनु सान्दर्भिक नभएको संघले जनाएको छ । कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं