SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/८ गते
    ५५३ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु,  | सिद्धार्थ सामाजिक बिकास केन्द्र कपिलवस्तुले ५५ सय ५८ जना महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ । युनिसेफ नेपालको सहयोगमा कपिलवस्तु सहित लुम्बिनी प्रदेशका ६ जिल्ला रुपन्देही ,बाके ,बर्दिया , दाङ ,पश्चिम नवलपरासीका गरि ५९ स्थानिय तहमा रहेका महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको हो ।

    कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा समुदाय स्तरमा खेलेको भूमिकालाई सम्मान गर्दै थप अझ समुदाय स्तरमा सेवा प्रबाह गर्न सहज होस भन्ने उद्देश्यले सामाग्रीहरु वितरण गरिएको हो । स्वास्थ्य सामाग्री स्वारुप मास्क ,सेनिटाईजर ,साबुन ,फेस शिल्ड र पोषण संग सम्बन्धि सचेताना सामाग्रीहरु वितरण गरिएको सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बताउनुभएको छ ।

    सम्बन्धित पालिकामा रहेका स्वास्थ्य शाखा संग सहकार्यमा उक्त सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो । कोरोना महामारीका बेला महिला स्वास्थ्य स्वयमसेविकाहरु निरन्तर आफ्नो भुमिका निर्वाह गरिहेका छन् ।

    स्वयमसेविकाहरुको हौसला बढाउने उदेश्यले स्वास्थ्य सामाग्री वितरण गरेको सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले बताउनुभयो ।

    यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालित कोरोना प्रतिकार्य योजना कार्यक्रम अन्तगर्त प्रदेशका बिभिन्न जिल्लामा यस्ता खालका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै गईरहेको संस्थाका कार्यक्रम अधिकृत अजय चौधरीले बताउनुभएको छ । यता स्वास्थ्य सामाग्री पाएपछि यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक केन्द्रलाई धन्यावद दिदै महामारीको समयमा स्वास्थ सामाग्री पाएपछि थप राहत मिलेको महिला स्वास्थ्य स्वयमसेविकाहरुले प्रतिक्रिया दिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं