SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१ गते
    १३३५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा आफुलाई दर्बिलो खम्बाको रुपमा सदावहार चर्चामा राखिराख्न सिपालु चर्चित गायक कुलेन्द्र विश्वकर्माको बहु प्रतिक्षारत नयाँ गीत जूनकीरी भर्खर मात्र सार्वजनिक भएको छ ।

    सालको पातको टपरी जस्ता कालजयी गित र लोक दोहोरी क्षेत्रकै सबैभन्दा उत्कृष्ट गित गायका गायकलाई यो पटक उनको जोडी आफ्ना पुराना सहकर्मी प्रह्लाद सुवेदीसँग मिलेको छ । नजाऊ है सानु पँधेरीमा बोलको गीत बाट चर्चामा रहेको यो जोडी निकै चम्केको थियो ।

    यसो त सुवेदीले निकै उत्कृष्ट शब्द सिर्जना गर्न सक्छन । त्यो कुरा पछिल्लो गीतमा पनि पुष्टि भएको छ । यो गीतमा उनले निकै कलात्मक शब्द सिर्जना गरेका छन् । गायक र सर्जक दुवै पर्वतका कलाकार हस्ती नै हुन् ।

    यो पटक विश्वकर्मालाई आवाजमा मेलिना राईको साथ दिएकी छन् भने लय सिर्जना कुसल सर्जक योगेश काजीले गरेका छन् । गीतको म्युजिक भिडियोमा मौसम हिमालीले निकै मेहनत गरेको प्रष्ट देख्न सकिन्छ भने निता ढुंगाना र गायक विश्वकर्माको अभिनय रहेको छ । सुचनाकेन्द्र डटकमको तर्फबाट पुरै टिमलाई करोडौ करोड शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं