SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२३ गते
    ५३७ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल पर्वत ।
    कुस्मा नगरपालिका ७ खरेहामा रहेका ५ वटा धाराहरुमा पानी सुक्दै जान थालेपछी स्थानिय चिन्तित भएका छन् । खरेहामा रहेका १ सय ७० घरधुरी र कुस्मा नगरपालिका ६ शिवालयका अधिकांश घरधुरीले उपभोग गर्दै आईरहेको पानीका मुहान सुक्दै गएपछी स्थानिय चिन्तित भएका हुन् ।

    विगतमा खरेहा हुँदै कुलैकुला वाट शिवालय चोकमा रहेको इनारमा ल्याएर उपभोग गर्ने गरिएको पानीका मुहान सुकेपछाडी स्थानियले पानीका मुहान सुक्न नदिन र संरक्षण संगै व्यवस्थापन गर्न समिती समेत गठन गरेका छन् ।

    वुधवार विहान पानीको मुहानमा भेला भएका स्थानियले खेमनाथ शर्मा पौडेलको अध्यक्षतामा १३ सदस्यीय समिती समेत गठन गरेका छन् ।जसको उपाध्यक्षमा सन्तु गिरी,सचिवमा कृष्ण गिरी,कोषाध्यक्षमा ज्ञानुकुमारी शर्मा र सदस्यहरुमा सुवास श्रेष्ठ,सागर गिरी,वुद्धि वहादुर श्रेष्ठ,भरतकुमार श्रेष्ठ,रामकृष्ण विक,रुद्रप्रसाद शर्मा,राधिका शर्मा,लक्ष्मी शर्मा रिमाल र मीठु सुवेदी रहेका छन् ।

    गठित समितीले खानेपानीका मुहान संरक्षण र व्यवस्थापनका लागि विभिन्न निकाय संग समन्वय गरी कार्यसम्पादन गर्ने भड्खोरे सामुदायिक वन खरेहाका अध्यक्ष तेज गिरी कान्छाले वताए ।

    खरेहामा खेती किसानी गर्नेहरुका लागि करिव १ हजार रोपनीमा यीनै धारावाट सिँचाई हुने गरेकोमा अहिले पानी सुकेपछाडी प्रायः जमिन खण्डहरमा परिणत भएको संरक्षण समितीका अध्यक्ष खेमनाथ शर्मा पौडेलले वताए ।

    कुनपा ७ खरेहाका वार्ड अध्यक्ष सुवासचन्द्र पौडेलको विशेष उपस्थिती र भड्खोरे सामुदायिक वनको समन्वयमा भएको भेलामा पछिल्लो समय हुँदै गएको जलवायु परिवर्तन, वनजङ्गल फडानी, विकासका नाममा खानेपानीको मध्यनजर नगरी जथाभावी डोजर चलाईनु लगायतका कारणले खानेपानीको मुहान सुक्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    विगतमा कुस्मावासी लगायत यहाँ आउने कर्मचारीहरुले नुहाई धुवाई गर्नका लागि खहेराकै धाराको प्रयोग गर्ने गरेको स्थानिय दिपसागर पौडेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं