SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२२ गते
    ७५४ &#२३४६;&#२३३५;&#२३२५;

    शिसिर पौडेल, पोखरा ।
    अमलाविसौंनी धोविनीपाटन टोल विकास संस्था पोखरा १६ को सम्पन्न सातौं अधिवेशनले पुनः होमवहादुर खड्काको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति चयन गरेको छ ।

    संस्थाको उपाध्यक्षमा खग्रेन्द्र थापा, सचिवमा रिखिराम सापकोटा, कोषाध्यक्षमा भुवन पौडेल, सह सचिवमा लक्ष्मी श्रेष्ठ, सह कोषाध्यक्षमा राजु थापा र सदस्यहरुमा गंगा कार्की, श्रीदेवी थापा, सरिता अधिकारी, सिता थापा, राजेन्द्र शाही ठकुरी, कृष्ण व.खड्का, लालकुमार अधिकारी, भुवन श्रेष्ठ, गोपाल थापा र कृष्ण व. थापा रहनु भएको छ । कार्यक्रममा संस्थाले १८ जना पुर्व पदाधिकारीलाई सम्मान समेत गरेको छ ।

    यसअघि अधिवेशनको उद्घाटन गर्दै वडाध्यक्ष जीवनप्रसाद आचार्यले वडालाई समृद्घ वनाउन टोल विकास संस्थाहरुको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । संस्थाका अध्यक्ष होमवहादुर खड्काको अध्यक्षतामा भएको कायृक्रममा प्रगति वोडिङ्ग स्कुलका प्रिन्सीपल दिनेश श्रेष्ठ, संरक्षण आमा समुहका सदस्य मंगला खड्का, संस्थाका सह सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा भुवन पौडेल लगायतले संस्थाले गरेका गतिविधीका वारेमा जानकारी गराएका थिए । अधिवेशनले संस्थाको वार्षिक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गरेको छ । २०६३ सालमा गठित संस्थामा १सय ४५ जना सदस्य आवद्घ छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं