SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ५४४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

    सभापति देउवासँग छलफलका लागि अध्यक्ष दाहाल र महासचिव विष्णुप्रसाद पौडेल सोमबार देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । सो अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठनका विषयमा छलफल भएको बुझिएको छ ।

    शान्ति प्रक्रियाका अरु काम पूरा भएपनि सत्य निरुपण तथा बेपत्ता नागरिकको खोजबिनका विषयमा ठोस उपलब्धि हुन सकेको छैन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा संयोजकत्वको टोलीले आयोगमा रहने पदाधिकारी छनोटको प्रक्रिया जारी राखेको छ ।

    अध्यक्ष दाहाल र सभापति देउवाबीच सत्य निरुपण र बेपत्ता नागरिक खोजबिन आयोगलाई छिट्टै पूर्णता दिने विषयमा कुराकानी भएको थियो । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा समेत कुराकानी भएको थियो । सभापति देउवासँगको छलफललगत्तै अध्यक्ष दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेतछलफल भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं