SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२१ गते
    ८२७ &#२३४६;&#२३३५;&#२३२५;

    सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला÷पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ । वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रसस्त उजुरी आउने गरेको छ ।

    चालू आर्थिक वर्ष (२०७६/०७७) को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । आर्थिक दैनिकबाट

    नेकपाको आदेशले प्रदेश ३ मा भाँडभैलो
    सत्ताधारी नेकपा सचिवालयले हेटौंडालाई प्रदेश– ३ को राजधानी बनाउने निर्णय गरेपछि सो पार्टीका कतिपय सांसदलाई यसको पक्षमा बोल्ने कि विपक्षमा सकस भएको छ ।

    त्यसैले, हेटौंडामा प्रदेश ३ को नेकपा संसदीय दल बैठक तीन दिनसम्म चल्यो तर, राजधानीबारे निर्णय हुन सकेन । नेकपा प्रदेश प्रमुख सचेतक रामेश्वर फुँयालले बैठकले प्रदेश राजधानीबारे निर्णय गर्न नसकेको बताए । सांसदहरुले प्रदेश राजधानीका विषयमा हेटौंडाको पक्ष र विपक्षमा बोलेका छन् । धेरै सांसदले प्रदेश राजधानी हेटौंडा हुने र पार्टी केन्द्रीय सचिवालयको निर्णय आफूहरुले मान्ने बताएका छन् । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं