SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    ८३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन भ्रमणमा गएका छन्। थापा छ दिने औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गरेका हुन्। चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा थापा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले बताए। भ्रमणको क्रममा चीनमा थापाले जनसुरक्षा मन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको भट्टराईले बताए।

    मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ। टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन्। चिनियाँ सुरक्षा अधिकारीसँग भेटघाट रहने कार्यक्रम भए पनि भ्रमणमा कुनै पनि सम्झौता नहुने गृह स्रोतले बतायो। गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    थापाको साथमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल जाने भनिएको थियो। तर, मन्त्रिपरिषद बैठकले उनको नाम स्वीकृत गरेको थिएन। यसैबीच नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।

    आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो । यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने निर्णय गरेको थियो । आजै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ । यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं