SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ११६८ &#२३४६;&#२३३५;&#२३२५;

    सिड्नी– सिड्नीको उत्तरी क्षेत्रमा पर्ने हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन्। न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजेको हाराहारीमा बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्दा दुईजना पानीमा बे पत्ता भएको खबर पाएपछि आपतकालीन सेवाका अधिकारीहरू उद्धार कार्यमा जुटेका थिए।

    मिडिया रिपोर्टका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए । तर, उक्त ठाउँमा रहेको नदीमा उनीहरु पौडिन खोज्दा डुबेर निधन भएको बताइएको छ । शुक्रबार राति ७ः३० बजे आपतकालीन सेवालाई बोलाइएको थियो ।

    तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ । अर्कोतर्फ, हराईरहेका दुईजनाको खोजी जारी राखेका उद्धारकर्मीले राति ११ः३० बजे मात्र उनीहरुको श व भेट्न सफल भएका थिए । दिउँसोदेखि नै क्याम्पिंगमा गएका उनीहरु साँझ परेपछि पानीमा पौडीका लागि छिरेका थिए । त्यसपछि दलदलमा भासिएका कारण उनीहरु माथि आउन सकेनन् ।

    घटनास्थल पुगेका उद्धारकर्मीले अर्का एक जनालाई श्वास–प्रश्वासको समस्या देखिएकाले प्राथमिक उपचारपश्चात हेलिकोप्टरमार्फत थप उपचारका लागि अस्पताल लगिएको थियो। उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्ध‌ृत गर्दै निधन हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं