SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    १६२० &#२३४६;&#२३३५;&#२३२५;

    भारतीय सेनामा भर्ती भएर विरगती प्राप्त गरेका नेपालीको लागि अर्को पी डा छ । एकातिर आफ्नो परिवार गुमाउनु परेको छ भने अर्कोतिर श व समेत नेपाल ल्याउन पाइदैन । भारतमा निधन भएका नेपालीलाई भारतीय सेनाले उनै अन्तिम संस्कार गरिदिने गरेको छ । मृ तकका परिवारलाई भारतमै बोलाएर उतै अन्तिम संस्कार गरिन्छ । गत विहिवार फेरी एक नेपालीको निधन भएपछि यो विषय फेरी उठेको छ । गत नोभेम्बर २२ तारिखमा दिल्लीमा तत्कालीन भारतीय स्थल सेनाका प्रमुख विपिन रावतसँग भेटघाट गर्दै भूतपूर्व भारतीय गोर्खाका प्रतिनिधिहरूले नेपालीको श व स्वदेश लैजान पाउनुपर्ने माग राखेका थिए ।

    भिड न्त वा दुर्घ टनामा परेर निधन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको श व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ। तर कतिपय मृ तक सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्।

    भारतले भने भिड न्तमा मा रिने हरूलाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ तकका परिवारलाई बोलाएर अन्त्येष्टि गरिदिने गरेको हो । अन्त्यष्टिमा भारतीय झण्डा ओढाउनुपर्ने र सम्मान दिनुपर्ने भएकाले भारतमै अन्त्यष्टि गरिने गरिएको हो ।

    उनीहरूका अनुसार सेनामा कार्यरत नेपाली नागरिकका परिवारले श व नेपाल ल्याउन चाहे भने चाहिँ सहज छैन। नेपालमा ल्याएर भारतीय झण्डा ओढाउँदा वि रोध हुन सक्ने भएकाले नेपाल ल्याउन कठिन भएको हो । तर कतिपयले निकै जोडबल गरेर श व नेपाल नै ल्याएको उदाहरण नभएको पनि होइन । सबैभन्दा ठूलो पी डा परिवारलाई हुन्छ र उसको परिवारले अन्तिम संस्कार गर्न नपाउनु भनेको निकै दु ख दायी कुरा हो। त्यसैले भूतपूर्व गोर्खा सैनिकले यो विषयलाई उठाएका छन् । केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा वि रोध हुनसक्ने प्रति भारतले सजिलै नेपाल ल्याउन दिँदैन ।

    गत बुधवार जम्मू कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भि डन्त मा निधन भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्‍याएका हुन्। बुधवार मा रिएका थापामगरको पनि नेपालको पूर्वी सीमाक्षेत्र नजिकै रहेको एउटा भारतीय सेनाको शिविरमा अत्येष्टि गर्नका लागि परिवारका सदस्यहरूलाई बोलाइएको बताइएको छ। अर्जुनका बुवा बुहारीलाई लिएर त्यता गएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं