SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१५ गते
    २१५२ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी– भारतको गुजरातमा अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो ।भारतीय सञ्चार माध्यमका अनुसार यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित मानेको छैन । जालोल गाउँका ठाकोर समुदायका मानिसहरूले पञ्चायत बोलाए । पञ्चायतले आफ्ना समुदायका अविवाहित युवतीहरूलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

    गाउँवासीहरू पञ्चायतको यस आदेशलाई आफ्नो संविधान सरह मान्छन् । पञ्चायतमा समुदायका मानिसहरू आफ्ना लागि आफैं नियम तय गर्छन् । यो नयाँ नियमअनुसार अविवाहित युवतीले मोबाइल फोन राखे भने ठाकोर समाजको नियम उल्लंघन गरेको मानिने छ । यसलाई अपराधका रूपमा लिइने छ ।

    यदि कुनै अविवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिमाना गरिने छ । जरिमाना स्वरूप १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने छ । यसबाहेक यदि युवतीले अभिभावकको सहमतिबिना विवाह गरेमा पनि पञ्चायतले अपराध गरेको मान्दछ ।जिल्ला पञ्चायत सदस्यका अनुसार पञ्चायतले समाजको हितका लागि यस्तै विभिन्न निर्णय गर्दै आएको छ । विवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं