SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१५ गते
    ७२० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। सभामुख छनौटको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक अझ १२ दिन पछाडी धकेलिएको छ । प्रतिनिधि सभाको बैठक अब आगामी पुस २७ गतेसम्मलाई सारिएको छ।बुधबारका लागि बोलाइएको बैठक एकदिन अघि नै सूचना टाँस गरेर सारिएको हो। सभामुख पद रिक्त भएको लामो समय बितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमति जुट्न सकेको छन । मंगलबार बालुवाटारमा दुई नेताबीच सभामुखका लागि पार्टीबाट उमेदवार चयन गर्नेबारे मंगलबार छलफल भएको थियो।

    दुई अध्यक्षबीचको छलफलमा सहमति नजुटेपछि संसदको बैठक नै सूचना टाँस गरेर सारिएको हो। यौ न दु ब्र्य वहारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजिनामा दिए पछि सभामुख पद रिक्त छ । महराको राजिनामापछि रिक्त रहेको सभामुख पदमा उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफ्नो दावेदारी गर्दै आएकी छन् । तर नेकपाले भने उनलाई पनि राजिनामा दिन दवाव दिइरहको छ।ूबुधबार दिनको १.०० बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले नेपालको संविधानको धारा ९१ को उपधारा बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३० बमोजिम अको बैठक मिति २०७६ साल पुस २७ गते आइतबार दिनको १ बजे बस्नेगरी निर्धारण भएको व्यहोरा मा) सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,ु संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा भनिएको छ।

    पार्टी एकीकरण छिटो पूरा गर्नुपर्छः नेता नेपाल
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताएका छन् । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा आज आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणलगायत पार्टीको दिगो विकासको सम्बन्धमा बोलेका प्रतिबद्धता पूरा गर्नुपर्ने र पार्टीको विधानअनुसार हिँड्नुपर्ने विचार व्यक्त गरे ।उनले ले सरकार र पार्टीले सातै प्रदेशको विकास र समृद्धिमा जोड दिनुपर्ने पनि बताए । उनले कार्यकर्ताले पदका लागि नभई पार्टीका लागि काम गर्नुपर्ने र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । पार्टीलाई आगामी दिनमा प्रभावकारी बनाउन सबै तह र समुदायलाई समेटेर काम गर्न उनले सबैलाई आग्रह गरे । यही पुस २३ गते बस्ने बैठकमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालनका लागि तथा सीमा र एमसिसीलगायत विषयमा निर्णय हुने जानकारी उनले दिए ।

    कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रदेशमा सक्रियताका साथ समृद्ध नेपाल र सुखी नेपाली बनाउनेतर्फ उदाहरणीय काम गरेको जिकिर गरे । राष्ट्रिय सभा, प्रत्यायोजन समितिका सभापति रामनारायण बिंडारीले पार्टी एकतालाई प्रभवकारी बनाउन स्थानीयदेखि केन्द्रसम्म एक ढिक्का भएर लाग्नुपर्ने विचार व्यक्त गरे । पार्टीका जिल्ला सहइञ्चार्ज कुमारी मोक्तानले पार्टीलाई अगाडि बढाउन सबैको विश्वास जित्नुपर्छ र समुन्नत समाज बनाउनेतर्फ सबै लाग्नुपर्ने बताए ।केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले पार्टीले वडादेखि केन्द्रीय तहसम्मको समस्या बुझ्नुपर्ने तथा पार्टीको कामलाई टिकाउनेमा विशेष जोड दिनुपर्ने बताए । अर्का केन्द्रीय सदस्य केदार न्यौपानेले पार्टीका नेताहरु भाषणमुखी नभई कार्यमुखी हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य काशीनाथ अधिकारीले नेता तथा कार्यकर्ताले सरकारको टीकाटिप्पणी गर्नुभन्दा पनि आफ्ना जिम्मेवारीलाई पूरा गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं