SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१५ गते
    ११३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आज पूर्व युवराज पारस शाह आजबाट ४९ औं वर्षमा प्रवेश गरेका छन् । उनलाई आफन्त र साथीभाईले जन्मदिनको शुभकामना दिइरहेका छन् । पारस शाहको जन्म वि.सं. २०२८ साल पौष १५ मा भएको थियो ।उनी नेपालको अन्तिम राजा ज्ञानेन्द्रका छोरा तथा नेपालको अन्तिम युवराज हुन् । २०५७ सालको दरवार ह’त्याकाण्डबाट तत्कालिन राजा बीरेन्द्रको बंश नाश भएर आफ्ना बाबु ज्ञानेन्द्र राजा बनेका थिए । त्यसपछि पारस उत्तराधिकारी युवराज घोषित गरिएका थिए ।

    सन् २००० मा चर्चित गायक प्रवीण गुरुङलाई पारसले चलाएको गाडीले ठक्कर दिएको थियो । शाह गायक गुरुङको मृत्यु भएपछि विवादमा आएका थिए । उनी चितवन गोलीकाण्ड लगायत विभिन्न घटनामा मुछिएका पनि थिए ।चितवनको टाइगरटप्स रिसोर्टमा कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीलाई गोली हानेको विवादमा सार्वजनिक अपराध अभियोग खेपेका उनलाई जिल्ला प्रशासन कार्यालयले ‘आइन्दा यस्तो नगर्ने’ सर्तमा रिहा गरेलगत्तै उनी बैंकक गए ।

    पारसकी श्रीमती हिमानी शाह, छोरा हृदयेन्द्र शाह, र छोरीहरू पूर्णिका शाह, एवं कृतिका शाह रहेका छन् । थाइल्यान्डमा रहँदा पनि उनी पटकपटक प्रहरीको नियन्त्रणमा जाने गरेका थिए ।लामो समयसम्म लागु औषध सेवन गर्दै हिडेका उनलाई बैंकक प्रहरीले पटकपटक नियन्त्रणमा लिएर छोड्दै आएको थियो । विगत केही वर्ष देखि नेपालमा बस्दै आएका उनी परिवार भन्दा अलग बस्ने गरेका छन् ।

    पछिल्ला दिनहरुमा मोडल सोनिका रोकायासँग नजिक भएका शाह नेपालका विभिन्न क्षेत्रहरुमा घुमघाम गरिरहेका हुन्छन् । अहिले उनी एक आम नेपाली नागरिकको जीवन बाँच्न खोजिरहेका छन् ।आज पारसलाई छोरी पूर्णिका शाहले महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन् । अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् । परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं