SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/८ गते
    १११४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।
    पर्यटकीय जिल्लाको रुपमा पर्वत यतिखेर चर्चाको शिखरमा छ । अग्लो र लामो झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी जम्प, गुप्तेस्वर गुफा पर्यटकीय आकर्षणको केन्द्र विन्दुमा छन् । यसै सन्दर्भमा भ्रमण वर्ष २०२० लाई सफल बानाउन साइकिलिङको अवधारणा सारिएको छ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले कुस्मा नगरपालिका भित्रका सडकहरुमा साइकिलिङ मार्फत पर्यटनलाई थप उचाइमा पुराउनु पर्ने वताए ।

    युवा नेता गिरीले साइकिलिङले वातावरणमैत्री मात्र नभई पर्यटन प्रवर्द्धनमा टेवा पुराउने अवधारणा व्यक्त गरेका हुन् । अन्र्तवार्तामा भने ‘‘अव कुस्मा वजार भित्रका सडकहरु पर्यटकको मुख्य हव हुनुपर्छ, साकिलिङ मार्फत यहाँका पर्यटकीय महत्त्वका स्थल र क्षेत्र विशेष गरी नेपाल सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० लाई सफल वनाउनका लागि पर्वतका पर्यटकीय स्थलहरुको देश तथा विदेशमा भरपुर मात्रमा प्रचारप्रसार हुनुपर्छ ।’’

    काठमाण्डौको ठमेल र पोखराको लेकसाईड जस्तै सुन्दर नगरी कुस्मा पर्यटकीय सहर वन्नुपर्छ । उनले भने धौलागिरीमा प्रवेश गर्ने पर्यटकहरु सर्वप्रथम पर्वतमा टेक्छन्, मुस्ताङ, वाग्लुङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थलहरुमा आउने पर्यटकलाई कुस्माले रोक्न सक्नुपर्छ ।

    जिल्लाका अन्य पर्यटकीय गन्तव्यहरुमा पु¥याउन सक्नुपर्छ । यहाँको पर्यावरण स्वच्छ हुनुपर्छ, सफा हुनुपर्छ, मोटरसाईकल र ठुला सवारी साधन भन्दा साईकलको यात्रा ढिलो हुने भएपनि यसले वातावरणमैत्री साथै मानिस स्वयंका लागि फाईदाजनक हुने भन्दै साइकलिङले व्यक्तिलाई मानसिक र शारीरिक स्वच्छता र तन्दुरुस्तता हुने वताए । धुलो धुवाँ कम गर्ने अभियानका लागि आँफूले साईकल चढेको समेत गिरीले वताए ।

    गिरीले अगाडी भने– विदेशी पर्यटकहरु साइकलिङ रुचाउँछन्, यहाँका भित्रि सडकहरुमा निर्वाध रुपमा उनीहरुलाई साईकलिङ गर्न दिनुपर्छ ।आजभन्दा ३ वर्ष अगाडी वजार भित्र वार्ड नम्वर ४, ५, ६ र ७ का सडकहरुमा पिच भएपनि नभएजस्तो देखिन्थ्यो, सडकमा खाल्डाखुल्डी हुन्थे, सडकमा तलाउ हुन्थे जसको मर्मत सम्भारमा संवन्धित निकायको ध्यान पु¥याउनका लागि आफुले विरोधका लागि विरोध नभई सिर्जनशिलता र विकासका लागि सेतो घेरा लगाएको र जसलाई स्थानिय र एभिन्युज टेलिभिजन लगायतका राष्ट्रिय मिडियाले पनि सकारात्मक रुपवाट रिपोर्ट प्रशारण गरेको वताए । उनको भनाइ अनुसार साइकिलिङ मार्फत यहाँका पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्दा यसले बहुआयामिक महत्त्व रहनेछ ।

    वजार भित्रका वाटाहरुमा नाली खन्न देखी लिएर विस्तार र विकासमा नेकपाले पहल गरेको भन्दै चालु वर्षमा सहरी विकास मन्त्रालयको रु ७ करोड भन्दा माथिको वजेट विनियोजन भई कुश्मा बजारका भित्र सडक बन्दै गइरहेको साथै प्रदेश सरकार बाट ४- ५ करोडको लागतमा वडागाउँको डिलदेखी यान्त्रिक पुल, वञ्जीजम्प हुँदै ढाँडाखोला सम्म निर्माण कार्य अगाडी वढिरहेको औल्याए ।

    वजारमा जिल्लामा उत्पादित स्थानिय सामाग्रीहरुको अभाव हुन नहुने भन्दै स्थानिय स्तरमा उत्पादित वस्तुहरु पर्यटकको रोजाईमा पर्ने वताउदै उत्पादकले समेत राम्रो आम्दानी गर्न सक्ने उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं