SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/६ गते
    १२०५ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री केपी ओलीकै ट्वीटर अकाउन्ट असुरक्षित भएको खुलेपछि प्रहरीले गम्भीर अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्रीको ट्वीटर अकाउन्ट दुरुपयोगले एकाएक जटिल रुप लिएपछि घटना अनुसन्धानको जिम्मा नेपाल प्रहरीले लिएको हो । ट्वीटर अकाउन्ट दुरुपयोग सम्बन्धमा प्रधानमन्त्रीको सचिवालयका कर्मचारीमाथि समेत अनुसन्धान गर्नुपर्ने भएकाले नेपाल प्रहरीलाई जिम्मा लगाइएको हो । घटना सम्बन्धमा प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

    प्रधानमन्त्रीका आइटीविज्ञ अली असगरले शनिबार बिहान ११ बजे नै घटना सम्बन्धमा अनुसन्धान गर्न सम्पूर्ण डाटा ब्युरोलाई जिम्मा लगाइएको बताए । उनले भने, ‘प्रधानमन्त्रीको ट्विटर अकाउण्ट एक प्रकारले ह्याक नभई दुरुपयोग भएको पाइयो । अनुसन्धान गहिरिएर नै गर्नुपर्ने भयो । त्यसो हुँदा हामीसँग भएका सम्पूर्ण डाटा अनुसन्धान गर्न साइबर व्युरोलाई जिम्मा लगाएका छौं । उनीहरुबाट अनुसन्धान भइरहेको होला ।’

    प्रधानमन्त्रीको ट्वीटर ह्यान्डल प्रधानमन्त्री बाहेक सञ्चारविज्ञ रामशरण बजगाईंले चलाउँछन् । त्यसबाहेक ट्वीटरको पासवर्ड प्रमुख सल्लाहकार विष्ण रिमाल र आइटीविज्ञ अलीलाई थाहा छ । उनीहरुबाट ट्वीटर दुरुपयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छैन । तर, प्रहरीको अनुसन्धानले सचिवालयभित्रकै एक आइफोनबाट ट्वीटर दुरुपयोग भएको देखाएको छ । नयाँ पत्रिकाबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं