SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२ गते
    ७४५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । फोहोरलाई बेवास्ता गरे मानव स्वास्थ्यमा असरमात्र नगरी मृत्युको सिकार बन्न सक्ने बताइएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ‘अत्याधुनिक प्रविधिबाट फोहोरमैला व्यवस्थापन’ विषयक अन्तक्र्रियामा यस्तो बताएका हुन् ।

    कार्यक्रममा मृत्युको प्रमुख सूचक फोहोर भएकाले प्रभावकारी व्यवस्थापनमा ध्यान दिन सक्नुपर्ने बताए । उनले भने, ‘फोहोर मैलो सानो रुपमा छैन, यसको विशाल रुप छ, तसर्थ व्यवस्थापन गर्न आवश्यक परिसक्यो ।’ उनले थपे, ‘फोहोर व्यवस्थापन गर्ने प्रमुख दायित्व स्थानीय,प्रदेश र केन्द्रीय सरकारको मात्र नभई स्थानीय हामी आफैको हो ।’ उनले प्लास्टिकका झोला प्रयोग गर्ने चलन पूर्ण रुपमा बन्द गर्न नागरिक आफै सचेत हुनुपर्ने मा जोड दिए । यसको प्रयोग रोक्न सबै सरोकारवाला चनाखो हुन आवश्यक रहेको उनले बताए । स्पेनको म्याड्रिड नगरपालिकाले दीर्घकालीन रुपमा फोहोर मैला व्यवस्थापन गर्न थालेको अभियान लुम्बिनी नगरपालिकाले सुरुआत
    गरिसकेको उल्लेख गर्दै तिमिल्सिनाले पर्वतको कुश्मा नगरपालिकामा अभियान थालनी गर्न लागिएको बताए ।

    अभियानकर्ता गोविन्द सुवेदीले नेपालका सबै नगरपालिकालाई एउटै हाँगामा जान सहयोग मिल्ने बताए । सुवेदीले यो अभियान यहाँ सुरु गर्दा स्पेनको म्याड्रिड सरकार आफै ंले लगानी गर्ने पनि बताए । म्याड्रिड नगरपालिकासहित यहाँका पालिकाबीचमा फोहोरमैला व्यवस्थापन, फुटबल र कृषि क्षेत्रलाई जोड्ने योजना रहेको उनले बताए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, जिल्ला समन्वय समिति प्रमुख मनोहर विश्वकर्मा पौडेल,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल लगायतले अभियानको थालनी गर्न ढिलाइ गर्न नहुनेमा जोड दिए । कार्यक्रममा जुपिटर नेपाल ओभरसिजका इन्जिनियर रमेश सुवेदी, सुरक्षा पन्तले फोहोरमैला व्यवस्थापन गर्ने सूचकका बारेका प्रशिक्षणसहित तथ्यांक प्रस्तुत गरेका थिए । उनीहरुले फोहोरमैला व्यवस्थापन नगर्दा प्रत्येक वर्ष विश्वमा २ हजार जनासम्मको मृत्यु हुने गरेको उल्लेख गरे ।

    कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर सीता काफ्ले लामिछाने, सूचना अधिकारी ध्रुव पौडेल लगायतले सहजीकरण गरेका थिए । कुश्माका मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउन आफ्नो टिम लागिपरेको बताए । उनले केन्द्रीय सरकार स्थानीय सरकारप्रति सकारात्मक बन्न सके देशको विकास र रोजगारीको निकास हुने धारणा राखे । मेयर जोशीले इन्जिनियर सुवेदीको टिमले तयार गरेको योजनालाई केन्द्रीय सरकारले मनन् गरी देशभर योजना बनाउनुपर्ने मा जोड दिए । मेयर जोशीले कुश्मा नगरपालिकालाई नमुना सिटी बनाउने अभियानमा आफ्नो टिम रातदिन खटेको सुनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं