SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२६ गते
    १०१७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । धेरैलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सेन्स अफ ह्युमरका बारेमा जानकारी छ । उहाँ समय र परस्थिति अनुसार व्यवहार गर्न सक्नुहुन्छ । यस्तै मंगलबार सकिएको १३औं दक्षिण एसियाली खेलकुद(साग) पदक जित्ने खेलाडीलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गर्दा पनि देखिएको छ ।

    आज दिउँसो भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले पौने घन्टा सम्बोधन गर्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले खेलाडीहरूको उपलब्धिको प्रशंसा गर्दै भविष्यमा सरकार थप सेवा सुविधा दिने कुरामा सकरात्मक भएको बताउनुभयो । आत्मविश्वास भन्दा ठुलो कुरा केही नभएको भन्दै खेलाडीहरुलाई उहाँले हौसला दिनुभयो ।

    प्रशिक्षकहरूलाई सगरमाथा चढाउने शेर्पाहरूसँग तुलना गर्दै प्रधानमन्त्री ओलीले खेलाडीको सफलतामा प्रशिक्षकको भूमिका महत्वपुर्ण रहने स्पष्ट पार्नुभयो । यो बीचमा सागमा पौडीतर्फ ४ स्वर्ण जितेकी कीर्तिमानी खेलाडी गौरिका सिंहलाई स्मरण गर्दै उहाँले आफ्नो किस्सा सुरु गर्नुभयो । उहाँले आफू पनि पौडीबाज भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म गौरिकालाई बताउन चाहन्छु, म पनि एउटा स्विमर हो । म पनि ठूल्ठूला बगेका खोलाहरू पुल, डुंगाबाट होइन खोलाबाटै तरिदिन्थें ।

    हाम्रो समयमा स्विमिङ पुल चाहिँदैनथ्यो । खोलासँग राम्रो जानपहिचान भइसक्याथ्यो त्यसकारण बगाउँदैनथ्यो। धेरैपल्ट म बग्दाबग्दै बगाउनबाट जोगिएको छु किनभने पौडी खेल्न जानेको र सिकेको हुनाले।’ यो सँगै उहाँले कास्य पदक जित्नेहरुलाई हौसला प्रदान गर्नुभएको छ । उहाँले कास्य पदक पनि स्वर्ण र रजतजस्तै भएको तर दुई जना अगाडी गएको मात्रै भएको भन्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं