SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१६ गते
    ६३५ &#२३४६;&#२३३५;&#२३२५;

    कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई विजयी भएकी छिन्। शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेकी हुन्। विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। जबकी खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गरे।

    त्यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गरे। राप्रपाका रमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत प्राप्त गरिन्। विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गरिन्।bपराजय स्वीकार्दै कांग्रेस उम्मेदवार खेमराजले विद्यालाई बधाई दिएका छन्। उनले कार्यकाल सफलताको शुभकामना दिँदै विद्यालाई खादा र माला लगाइदिएर बधाई दिएका हुन्।

    २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा रविन्द्र अधिकारीले २७ हजार २०७ मत ल्याएर शानदार जित दर्ता गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मतमात्र ल्याएका थिए । नेकपाका लोकप्रिय नेता स्वर्गीय अधिकारी २०६४/०७० मा संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। साेही क्षेत्रमा उनकी पत्नी विद्याले शानदार जित दर्ता गरेकी हुन् ।

    उनले चुनाव अगाडी स्व.रवीन्द्र अधिकारीका अपूरा सपनालाई पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उनले पार्टी र सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याइन् । राजनीतिक एजेण्डामा तार्किक बहस गरेर देश विकासमा साझेदारी गर्ने राजनीतिक संस्कारको अहिले आवश्यकता भएको भट्टराईले उल्लेख गरिन् । उनले सबैको विचार र अधिकारलाई सम्मान गर्दै आफु राजनीतिमा अघि बढ्ने उल्लेख गरिन् ।

    रविन्द्र अधिकारी कै छेत्रबाट राजनीतिक मैदानमा उत्रिन लागेकी हुन् । अध्यापनमा सक्रिय भएर जीवन चलाइ रहेकी विधाले श्रीमान रविन्द्रको राजनीतिक यात्रामा दरिलो सहयात्री बनेर उभिएकी थिईन । श्रीमानको दे हान्त पश्चात श्रीमानको हिरासत सम्हाल्न राजनीति मा पाईला चालेकी हुन् । विधा भट्टराईले आफु रविन्द्र अधिकारीको श्रीमती भएको नाताले मात्र राजनीतिमा नआएको उल्लेख गरेकी छिन ।

    उनका अनुसार आफुले रविन्द्र अधिकारीको राजनीतिक यात्रामा सधै साथ सहयोग गरेको र राजनीति लाइ नजिकबाट बुझेको कारण र आफ्नो पार्टीले पनि विश्वास गरेको हुँदा चुनावमा लड्न लागेकी हुन् । चुनावको बेला मात्र नभएर रविन्द्र अधिकारीको दे’हान्तपछि धेरैचोटी कास्की गएको र कास्कीका जनताले आफु माथि आश रहेको र रविन्द्र अधिकारीको सपना पुरा गर्न हौसला दिएका कारण आफुले यो कदम चालेको बताईन ।

    “श्रीमानको दे’हान्त पश्चात भावनात्मक भोट पाउने आशले म चुनावमा ल’ड्न लागेकी होईन। मेरो राजनीतिक यात्रा धेरै पुरानो छ तर जबदेखि श्रीमान सक्रिय हुनुभयो राजनीतिमा, मैले आफुलाई अध्यापन तिर केन्द्रित गरे तर श्रीमानको साथमा सधै म थिए र राज नीतिलाइ नजिक बाट बुझ्न पाए । मलाई विश्वास छ कि जनताको आश र सपनालाई मैले पुरा गर्न सक्छु र जनताले साथ पनि दिईरहेका छन् ।”

    वाईडबडि भ्रष्टाचारले गर्दा कतै चुनावमा घाटा बेहोर्नु पर्ला कि भन्दा विधाले भनिनस् “मैले मिडियामा धेरै कुराहरु सुनेको छु तर सत्य कुरा त कास्कीमा गएर मेरो छेत्रमा पुग्दा थाहा हुन्छ कि रविन्द्र अधिकारीको योगदान र सम्मानको बारेमा । म सधै भ्र’ष्टाचार वि रु’द्द लड्ने छु । कुनै पनि हालतमा जनताले दिएको भोट माथि अन्याय हुन दिनेछैन ।”

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं