SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१४ गते
    ७५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० एक महिनापछि शुरु हँुदैछ । अङ्ग्रेजी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकार, निजी क्षेत्र सबैको सरोकार भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धन भईरहेको छ ।

    भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न ‘वि विल राईज’ फाउण्डेशनले ‘भिडियो च्यालेञ्ज २०२०’ प्रतियोगिता आयोजना गर्ने भएको छ । देशका ओझेलमा रहेका पर्यटकीयस्थललाई उजागर गर्ने प्रयास स्वरुप फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्न लागेको हो ।

    नेपाल भ्रमण वर्ष सचिवालयमा आज आयोजित कार्यक्रममा दोस्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो । फाउन्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालका अनुसार प्रतियोगितामा सहभागिता जनाउन डिसेम्बर १ देखि भिडियो पठाउन सकिनेछ । सहभागीले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय वेषभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयवस्तुलाई समेटेर पाँच मिनेटको भिडियो बनाउनुपर्नेछ ।

    यसमा विभिन्न १० विधामा दिइने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ । मनोनयमा परेकामध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिल महिनामा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

    कार्यक्रममा भ्रमण वष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सन्दर्भमा देशभरका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार भई पर्यटक आकर्षण गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई देशको साझा अभियानको रुपमा मनाउन सबै क्षेत्रले आआफ्नो स्थानबाट सक्रिय योगदान गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं