SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१० गते
    ५०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन थालेको छ ।

    आफ्नो निवासमा भेटघाटका लागि धेरै नेता आए पनि दाहालले एउटा पात्रको अभाव महसुस गरिरहेका छन्। ती पात्र हुन्- पूर्वसभामुख कृष्णबहादुर महरा। जो, दाहालका विश्वासिला र भरपर्दा ‘दोस्त’ थिए।हुन त नेकपाको कार्यकारी अध्यक्षको अधिकार पाएका दाहाल अगाडिपछाडि नेताहरुको ठूलै लाइन छ। तर, उनीसँग अहिले महराजस्तो भरपर्दो, पत्यारिलो पात्र छैनन्। दाहाल सचिवालयकाअनुसार नेता महराको ठाँउ अहिलेसम्म कसैले लिएको छैनन्।

    दाहाल निकट एक केन्द्रीयसदस्य भन्छन्, ‘सत्ता र शक्ति प्राप्तिका लागि नजिक हुने नेताहरुको सूचि त लामै छ। तर, महराजस्ता विश्वास भएका नेता अहिले नै यिनै हुन् भन्ने अवस्था छैन। दाहालले बेलाबेला महरासरको अभाव महसुस गर्नु भएको छ। अहिले राजनीतिक लाभहानी हेरेर नजिक र टाढा हुने नेताहरु मात्रै छन्।’सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्म र सत्तासंघर्षदेखि अन्तर पार्टी संघर्षसम्ममा आएका हरेक चुनौतिको हल खोज्न दाहालले महरासँग परामर्श गर्थे। र, त्यसैअनुसारको जिम्मेवारी दिएर दाहालले महरामार्फत आफ्नो राजनीतिक गोटी चाल्थे।

    नेकपाका एक स्थायी कमिटी सदस्यअनुसार दाहाललाई राजनीतिक र वैचारिक रुपमा आवश्यक परामर्श दिनसक्ने धेरै नेता भए पनि प्राविधिक विषयमा समेत छलफल गर्न सक्ने महरा एकमात्र नेता थिए। उनका अनुसार विगतमा दाहालको विचार निर्माणमा मोहन वैद्य र डा बाबुराम भट्टराई नजिक थिए। तर, जोखिम मोलेर दाहालका लागि काम गर्ने महरा नै थिए।ती स्थायी कमिटीभन्छन्, ‘महराजत्तिकै जोखिम मोलेर काम गरिदिने मान्छे पाउन अब दाहाललाई गाह्रो होला। पक्कै पनि त्यसको अभाव त भएकै हुनुपर्छ।’ पटकपटक लाभको पद र विभिन्न विवादले घेरिँदा पनि महरा दाहालका सबैभन्दा नजिकका विश्वासिला पात्र थिए।

    दाहाल पत्नी सीताले पनि महरालाई राम्रो र नजिकको नेता ठान्थिन्। सीताकैसमेत चासोमा दाहालले महरालाई धेरैपटक मौका दिएको नेकपामा रहेका पूर्व माओवादी समूहका नेताहरु बताउँछन्।विश्वासपात्र भएकै कारण दाहालले महरलाई पटकपटक लाभको पद दिलाएका थिए। पछिल्लो पटक धेरै आंकाक्षीलाई किनारा लगाउँदै दाहालकै पहलमा महरालाई सभामुख बनाइएका थिए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं