SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१८ गते
    ५१७ &#२३४६;&#२३३५;&#२३२५;

    ‘चालकले पटकपटक गाडी बिग्रिएको बताउनुभएको थियो । दोलखाको मागा देउराली बाखोरबाट बिहान साढे ८ बजे हिँडेको बा२ख ७२४५ नम्बरको बस पहिलोपटक दोलखाकै मुढेभन्दा अगाडि बिग्रियो ।

    त्यहाँ बनाएर अगाडि बढेको बस अन्य थुप्रै स्थानमा बिग्रियो । बिग्रिएको बसलाई चालक र सहचालकले बनाउने प्रयास गरे । म चालकको पछाडि सिटमा बच्चालाई दूध चुसाएर बसिरहेको थिएँ । मेरो बच्चा २ महिनाको मात्रै थियो’ घाइते यात्रु २४ वर्षीया सरिता तामाङले भनिन् ।

    धुलिखेल अस्पतालमा उपचारार्थ सरिताको टाउको, ढाड, छाती र खुट्टामा चोट लागेको छ । ‘शरीर चुर्लुम्म डुबेछ। झस्याङ भएँ । दूध चुसिरहेको छोरो काखमा छैन । म पनि डुबिरहेको रहेछु’, सरिताले भनिन्, ‘दुई महिनाको छोरालाई दूध खुवाइरहेको थिएँ।

    काखमा बच्चा खोज्दा मचाहिँ पानीमा डुबेको भेटिएँ अनि मात्रै होस आयो ।’ ‘विस्तारै हिँडिरहेको बस भित्ताबाट एक्कासि छेउमा पुगेर बल्ढ्याङ खायो । मेरो छोरा हराइरहेको छ । धेरैबेर खोजें । अरूले पनि खोज्न सहयोग गर्नुभयो तर फेला परेन । अनि मलाई अस्पताल ल्याइयो’, सरिताले भनिन् । नेपाल समाचारपत्रबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं