SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/९ गते
    ५६८ &#२३४६;&#२३३५;&#२३२५;

    पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक तुलासा क्षेत्रीले बताइन ।

    कार्यक्रममा प्रमुख अतिथी समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य देबी प्रसाद सुवेदीले लोक दोहोरीको क्षेत्रमा आफुले हरपहल सहयोग गर्ने प्रतिबद्धता जनाए ।

    प्रदेश सांसद इन्द्र धारा बिष्ट, प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष एवं प्राज्ञ प्रजापती पराजुली, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ,सल्लाहकार संयोजक सोम नाथ बास्तोला, सामुदायिक प्रहरी सेवा बैदामकी अध्यक्ष मिना भट्टराई, पोखरा महानगरपालिका वडा २० का अध्यक्ष सिम गुरुङ, दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य जीवन दाहाल, कास्की प्रतिष्ठानका संस्थापक अध्यक्ष तारापती सुवेदी लगायतले शुभकामना दिएका थिए ।

    कार्यक्रममा लोकदोहोरी गीत प्रतिष्ठान केन्द्रिय उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य कुलेन्द्र विक, घनश्याम रिजाल, सरला पाण्डे, प्रदेशका संस्थापक अध्यक्ष शंकर विरही गुरुङ, पूर्व केन्द्रिय सदस्य पार्वती जिसी, श्रीराम अधिकारी लगायतको उपस्थिती थियो ।
    देउसी भैलो कार्यक्रममा १० हजार भन्दा बढी रकम सहयोग गर्नेलाई प्रतिष्ठानले प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।

    प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष ज्ञानेश्वर सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव माधव चापागाईंले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं