SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/५ गते
    ७४८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    यसवर्षको श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा भव्यताका साथ मनाईने भएको छ । विश्व हिन्दु महासंघ श्रीकृष्ण जन्माष्टमी महोत्सव मुल समारोह समितिका अनुसार यहि भाद्र ६ गते वैदाम स्थित कोमागाने पार्कमा श्रीकृष्ण जन्माष्टमी प्रकाट्य उत्सव कार्यक्रमका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने तयारी गरिएको हो ।

    उक्त प्रकाट्य उत्सवमा महान सन्त श्री हरिहर सन्यास आश्रमका पीठाधिश्वर, नेपाल सन्त समाजका केन्द्रिय अध्यक्ष एंव श्री १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज, प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति डा.जगमान गुरुङ, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष श्री चैतन्य कृष्ण महाराज र मायाघर नेपालकी संस्थापक अध्यक्ष भागवत मञ्जरी राधिका दासजीको अभिनन्दन र विशेष प्रवचन सहितको सांस्कृतिक कार्यक्रम समेत समावेश गरिने छ ।

    उत्सवमा भगवान श्रीकृष्णको रथारोहण सहित सत्गुरुदेवहरुको अभिनन्दन, भजनचुट्का प्रतियोगीता, झाँकी प्रदर्शन, उत्कृष्ट राधाकृष्ण प्रतियोगीता, रात्री समयमा भव्य कृष्णझुला र उत्कृष्ट सहभागी संस्थाहरुलाई पुरस्कार प्रदान गर्ने लगायतका कार्यक्रमहरु गरिने विश्वहिन्दु महासंघका केन्द्रिय उपाध्यक्ष शंकर खरालले जानकारी दिनुभयो । उत्सवको पुर्वसन्ध्यामा विगत ३२ वर्षदेखी पोखरामा संचालन गरिदै आएको श्रीकृष्ण जन्माष्टमी शोभायात्रा यसवर्ष पनि पोखराको सभागृहचोक देखी कोमागाने पार्कसम्म गरिने छ ।

    पछिल्लो समय विभिन्न क्षेत्रबाट नेपाली संस्कार संस्कृति तथा मौलिक पर्वहरु माथी प्रहार गरि सामुदायीक विभाजनको प्रयास भैरहेका प्रति विश्व हिन्दु महासंघ कास्कीकी अध्यक्ष पार्वता पौडेलले चिन्ता व्यक्त गर्नुभयो । संस्कार र संस्कृति नरहे मानव समुदायको अस्तित्व नै संकटमा पर्ने उल्लेख गर्दै उहाँले यसको संरक्षण, विकास र प्रवद्र्धन आमसमुदायको दायित्व हुने बताउनुभयो । सनातन धर्मको रक्षाका खातिर पनि श्रीकृष्णाष्टमी जस्ता मौलिक पर्वहरुको जर्गेना जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

    विश्व हिन्दु महासंघ पोखरा नगर कमिटिकी अध्यक्ष सविना क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव कमल पौडेलले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं