SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/५ गते
    ८२३ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    नागढुङ्गा आमा समुहको १७ औं साधारण–सभाको पूर्वाद्र्धमा बुधबार हरितालिका तीज तथा बृद्ध सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा स्थानिय पवित्रा गिरीलाई जेष्ठ नागरिक सम्मानबाट सम्मानित गरियो ।

    सम्मानित गिरीले झण्डै डेढ दशक नागढुङ्गा आमा समुहको नेतृत्व सम्हाली विभिन्न सामाजिक एवं भौतिक विकास कार्यमा योगदान पु¥याएकि थिइन् । गिरीलाई कार्यक्रमका प्रमुख अतिथि पोखरामा महानगरपालिका वडा नम्बर ९ का वडा सदस्य राममाया मानन्धरले दोसल्ला सहित सम्मान–पत्र प्रदानले सम्मानित गरिन् ।

    त्यसैगरि समुहलाई आर्थिक तथा भौतिक सहयोग गर्ने सहयोगीहरु पार्वती अधिकारी, कमला काप्री,मिरा तुलाचन, रामेश्वरी पौडेल, भगवती लामिछाने, माया श्रेष्ठ, भगवती पन्त र भरत सापकोटालाई पनि सोही अवसरमा सम्मान गरियो ।

    कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य नन्दराम गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष कमल काफ्ले, नागढुङ्गा युवा क्लवका विनोद लामिछाने लगायतले समुहका गतिविधीबारे चर्चा गर्दै हरितालिका तीजको शुभ–कामना मन्तव्य राखेका थिए ।

    यसैविच समुहले वर्षेनी गर्दै आएको हरितालिका तीज गित नृत्य प्रतियोगितामा सनिता श्रेष्ठ प्रथम, गिता कँडेल काफ्ले द्वितिय, अम्बिका लामिछाने तृतीय तथा बबिता पन्त चौथो स्थान हाँसिल गर्दै पुरस्कृत भए । गायिका लक्ष्मी गिरीले नृत्य प्रतियोगितामा निर्णायकको भूमिंका निर्वाह गरेकि थिइन् ।

    नागढुङ्गा आमा समुहका अध्यक्ष लक्ष्मी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला केसीले स्वागत सचिव सिमा लामिछाने सञ्चालन कोषाध्यक्ष कमला श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं