SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/३२ गते
    १०६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘बुलेट एक्स’ सार्वजनिक गर्ने भएको छ । यो बाइकको किक स्टार्ट भर्सन १ लाख ४ हजार भारु र बुलेट इएस एक्स (इलेक्ट्रीक स्टार्ट) को मूल्य करिब १ लाख ९ हजार भारु हुने अनुमान गरिएको छ । रेगुलर मोडलको मूल्यभन्दा यो मूल्य ५० हजारले सस्तो हो ।

    बुलेट एक्स र बुलेट इएस एक्स दुई वटा भर्सनमा बिक्री वितरण हुने कम्पनीले जनाएको छ । बुलेट एक्स जेट ब्ल्याक पेन्ट कलर अप्शनसँगै, बुलेट सिल्भर, स्याप हायर ब्ल्यु र इएस एक्स रेगल रेड, रोयल ब्ल्यु र जेट ब्ल्याक कलर अप्सनमा आउने छ ।

    कम्पनीले बुलेट एक्समा ३४६ सिसि सिंगल सिलिन्डर कार्बुरेटर इन्जिन लगाएको छ । यसले अधिकतम १९.८ हर्ष पावर र २८ एनएम पिक टर्क दिन्छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक लगाइएको छ भने, बाइकमा सिंगल च्यानल एबीएस, रियर ह्वील लिफ्ट अफ प्रोटेक्शनको विशेषता दिइएको छ ।सन् १९३२ बाट बुलेट बाइकको उत्पादन सुरु भएको हो । यो बाइक विशेषत दोस्रो विश्वयुद्ध ताका चर्चामा आएको हो । बेलायती सेनाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका यी बाइक नेपाली बजारमा पनि निकै चर्चामा रहेको छ ।

    भारतीय बजारमा उत्पादन हुँदै आएको रोयल इन्फिल्डका बाइक नै नेपाली बजारमा बिक्री वितरण हुँदै आएको हो । चालु आर्थिक वर्षको पहिलो क्वाटरमा भारतमा १९ प्रतिशतले बिक्री गुमाएको कम्पनीले अब भने सस्तो मूल्यका मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको हो । बजारमा आउने यो बाइकमा अधिकांश क्रोमहरु बुलेट कै जस्तो प्रयोग भएका छन ।केही फरक कलर अप्सनमा आउने यसको बाइकको नयाँ मूल्य अनुसार यसले पल्सर एनएस २००, टीभीएस अपाची आरटीआर २००, ४ भीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । मेरो अटो

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं