SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२६ गते
    १४०१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले ध्यानाकर्षण जनाएका छन् ।

    विभिन्न क्षेत्रका महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको बिरोध गरेका हुन् ।

    पर्वतमा क्रियाशिल सञ्चारिका समुहको नेतृत्वमा झण्डै एक दर्जन संस्थाहरुले तीजमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न पाउनुपर्ने माग गरेका हुन् । महिलाहरुको महान पर्व हरितालिका तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउनुपर्ने र यो नारिहरुको स्वतन्त्र अधिकार समेत भएको बताउँदै उक्त सूचनाप्रति ध्यानाकर्षण भएको बताउँदै तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउने वातावरण मिलाईदिन आग्रह गरेका छन् ।

    मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्नु सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको दायित्य भएको बताउँदै शान्तिपुर्ण ढंगले हुने कार्यक्रमहरुमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।

    सञ्चारिका समुहका अध्यक्ष माया अधिकारीको नेतृत्वमा गएको टोलीमा इनरह्वील क्लव अफ पर्वत, लायन्स क्लब अफ कुश्मा सिटी, महिला मावन अधिकार रक्षक सञ्जाल पर्वत, सिसेफ महिला समुह, महिला उद्यमी समिति, व्यूटिसियन संघ पर्र्वत, सुनचाँदी व्यवसायि महिला समूह र होटल व्यावसायी संघ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले तीज पर्व मनाउन कुनै अवरोध नहुने बताउँदै शान्ति पुर्ण रुपमा तीज पर्व मनाउन आग्रह गर्नुभयो ।

    हरितालीका तीजले समाजमा अराजकता ननिम्त्याओस भनेर सचेत मात्रै गराएको बताउनुभयो । उहाँले तीज पर्वतलाई शान्तिपुर्ण बनाउन सवै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

    जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे लगत्तै सामाजिक सञ्जाल मार्फचर्को विरोध समेत भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं